कामना डेली,पाल्पा।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले
सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा संयोजक तोकेर तिब्रताका साथ कार्यान्वयनमा जाने बताएका छन ।
पाल्पाको रामपुरमा शुक्रबारदेखि शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री विष्टले इतिहासमै पहिलोपटक ३ तहको सरकारको अभ्यास भैरहेकाले स्थानीय तहलाई जोड दिँदै सरकारले सामाजिक सुरक्षा कार्यक्रमबाट देशभरका श्रमजीवी वर्गलाई जोड्ने र देशलाई समृद्दीतर्फ लैजाने बताए ।
उनले नेपाली जनताले नेपालभित्रै रोजगारी पाउन भनेर सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउँदै अबको ५ बर्षमा समृद्द नेपालको खाका तयार गरिसक्नेमा जोड दिए ।
३५ बर्षअघि रामपुरमा आएको स्मरण गर्दै मन्त्री विष्टले भौगोलिक सुन्दरताले दिएको रामपुर उपत्यकामा औधोगिक बिकास गरि हजारौं युवालाई रोजगार दिन सकिने बताए ।