• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

माछाको संरक्षण गर्दै प्युठानका स्थानिय तह


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    जिल्लाका स्थानिय तह माछाको संरक्षणमा जुटेका छन् । जिल्लाका तीन स्थानिय तह माछाको संरक्षणमा जुटेका हुन् । प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र नौवहिनी गाउँपालिका र अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले छुने स्थानहरुलाई झिमरुक जलाधार व्यवस्थापन परियोजना बनाईएको पानी परियोजनाका फिल्ड निर्देशक भास्कर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ⁻‘प्युठानमा डेड वर्षदेखि पानीको प्रोफाईल निमार्ण कार्य, जलिय प्रदुषण हटाउने, पानीको मुहान सुरक्षित गर्ने कार्य पानी परियोजनाले गरेको छ ।’
    आईतबार झिमरुक जलाधार क्षेत्रमा माछाको संरक्षण कसरी गर्न सकिन्छ , जलिय जीव तथा जैविक विविधता संरक्षण कसरी गर्न सकिन्छ भनि विधेयक निमार्ण कार्यशाला गोष्ठि स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानिय माझी समुह, सम्वन्धित व्यक्तिहरुको उपस्थितीमा पानी परियोजनाले गरेको छ ।
    माछाको संरक्षण गर्न चुनौती भएको ऐरावती गाउँपालिकाका प्रवक्ता दामु विकले बताउनुभयो । ऐरावती गाउँपालिकाले बम, बीस र करेन्ट लगाएर माछा मार्ने कार्यलाइ रोक लगाएको उहाँले बताउनुभयो । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेको गाउँपालिका उहाँले बताउनुभयो । पानी परियोजना मार्फत विभिन्न लक्ष्य समेटेर माछा संरक्षण गर्ने अभियान अगाडी वढेको उहाँले बताउनुभयो । त्यस्तै प्युठान नगरपालिका, नौवहिनी गाउँपालिका र भुमेकास्थान नगरपालिकाले पनि माछाको संरक्षण गर्न प्रतिवद्ध रहेको नगर तथा गाउँप्रमुखले प्रतिवद्धता जनाएका छन् ।
    पानी परियोजनाका बातावरण नीति तथा कानुन विज्ञ नारायण बेलबासेले अव्यवस्थित रुपले माछा मार्न सरकारले रोक लगाएको बताउनुभयो । उहाँले भन्नुभयोे,‐‘स्थानिय तहले माछा संरक्षण गर्नका लागि कानुन बनाउन पर्छ । ’ कानुन बनाएर स्थानिय बासिन्दालाई सुसुचित बनाउन स्थानिय सरकार अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
    माछा संरक्षण गर्न माझी समुह गठन
    पानी परियोजनाले प्युठानमा माछा संरक्षणका लागि ४ वटा माझी समुह गठन गरेको छ । ऐरावती गाउँपालिकामा २ र प्युठान नगरपालिकामा २ माझी समुह गठन गरेको पानी परियोजना तथा मल्ल्रानी ग्रामिण विकास सरोकार केन्द्रको साझेदारीमा सञ्चालित झिमरुकखोला जलाधार व्यवस्थापन परियोजनाको कार्यक्रम प्रवन्धक प्रवेश कक्षपतिले बताउनुभयो । प्युठान नगरपालिका वडा नंम्बर ३ डाँडागाउँमा अमिल्यारह माझी समुह, प्युठान नगरपालिका वडा नंम्बर ८ दम्तीमा दम्ती दोभान माझी समुह त्यस्तै ऐरावती गाउँपालिका वडा नंम्बर १ जुडा साजबोटमा बाङ्गेरह माझी समुह र वडा नंम्बर २ कडकुरामा रकसारह माझी समुह गठन गरि माछा संरक्षण गरेको उहाँले बताउनुभयो ।
    माछा संरक्षण गर्न स्थानिय तहले कानुन बनाउनुपर्छ
    झिमरुक जलाधार क्षेत्रमा माछाको संरक्षण गर्न स्थानिय तहले कानुन बनाउनुपर्ने अमिल्यारह माझी समुहकी कोषाध्यक्ष मुना कुमालले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘माछा संरक्षणका लागि स्थानिय तहले कानुन बनाउनुपर्छ । ’ माछा करेन्ट लगाएर, विषादी हालेर वा बम हानेर माछा मार्ने प्रवृति रहेकाले माछा संरक्षणका लागि कानुन छिटो बनाउनुपर्छ । माछाको संरक्षणका लागि जलचर सम्बन्धि नियम कानुन नबनाई नहुने खानेपानी तथा उपभोक्ता महासंघका अध्यक्ष राम पहाडीले बताउनुभयो । माछा संरक्षणको लागि पानी उपयुक्त हुनुपर्छ । उहाँले भन्नुभयो,‐‘जलाधार नजिकका स्थानियले फोहोर व्यवस्थापन, ढल व्यवस्थापन गर्न जरुरी छ । ’
    माछा बचाउन स्थानिय तह प्रतिवद्ध
    झिमरुक जलाधार क्षेत्रमा माछाको संरक्षण गर्न स्थानियतहका प्रमुख प्रतिवद्ध रहेका छन् । प्युठान नगरपालिकाले जलीय संरक्षणका लागि आफु प्रतिवद्ध भएको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । उहाँले भन्न्ुाभयोे,‐‘कानुन बनाएर मात्र हुन्न यसलाई स्थानियले कार्यान्वयन गर्नुपर्छ । ’ माछा मारेरै जीविकोपार्जन गर्ने धेरै छन्। उहाँले भन्नुभयोे,‐‘नगरपालिकाले बैकल्पिक रोजगारीको व्यवस्था गर्ने छ । ’ त्यस्तै नौवहिनि गाउँपालिकाका प्रमुख शिवराज रिजालले माछाको संरक्षण गर्न गाउँपालिका व्यवस्थित तरिकाले अगाडी वढेको बताउनुभयो । उहाँले भन्नुभयो,‐‘कार्यपालिकाले कानुन बनाएर जनतासम्म पु¥याउने छ । ’

    Advertisement

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation