• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

उँखुको मुल्यमा मनपरी: चिनि मिल नहुदा क्रसरमा उखु बेच्न बाध्य


  •   शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) ।
    कपिलवस्तुमा उँख क्रसरहरुले उँखुको मुल्य मनपरि लिने गरेका छन ।कपिलवस्तु जिल्लामा रहेको करिव ३ सय उखु (गुड) उद्योगले मनपरि ढङगवाट उँखुको मुल्य दिदा किसानहरु मर्कामा परेका छन । उखु कृषकहरुले बजार नपाउदा उखु बेच्नको लागि विकल्पको रुपमा किसानहरुले क्रसरलाई लिएका हुन ।
    नेपाल सरकारले उखुको मुल्य प्रती क्विन्टल ५ सय १८ तोकेको छ । कपिलवस्तुका उखु कृषकले २ सय देखी ५ सय सम्ममा विक्री गर्दै आएका छन । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन गुड उद्योगले ४ सयमा प्रति क्विन्टल खरिद गरिरहेको छ ।
    पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी सुर्गस मिल सर्लाही स्थानान्तरण गरिएपछि कपिलवस्तुका कृषकहरु चिन्तित बन्दै आएका छन । चिनि मिल नहुदाँ आफ्नो उखु नै विक्री नहुने डरमा समेत किसानहरु रहेका छन । कच्चा पदार्थको अभाव देखाउदै महालक्ष्मी सुगर मिल संचालकले सर्लाही स्थानान्तरण गरेपछि जिल्लाका कृषकहरु कठिनाईमा परेका हुन । सुगर्स मिल स्थानान्तरण भएसंगै सख्खर (भेली) गुड उद्योगहरु भने फस्टाएका छन् ।
    उखु विक्री गर्न बजारको समस्या भएपछि केहि कृषकले क्रशर उद्योगमा भेली बनाउन दिएका छन भने कतिपय आफैले क्रशर उद्योग स्थापना गरि भेली बनाउन थालेका छन । सरकारले मुल्य तोकेपनि तर व्याभारमा त्यो नहुने उखु कृषक राम प्रकाश चौधरीले वताए ।उनले भने –“पहिला चिन मिल थियो र वेच्न सजिलो थियो अहिले उखु विक्रि नै हुदैन कि भन्ने डरले जति पैसा दिएपनि क्रसरहरुलाई दिन वाध्य छौ” ।

    Advertisement

    तस्विर विवरण शिवराज नगरपालिका ७ मा रहेको गणपति गुड उद्योग –माधव बेल्वासे

    कपिलवस्तुको पश्चिमि दक्षिण क्षेत्रमा सुख्खा क्षेत्र रहेको अधिकांश कृषकले उखु खेती गर्दै आएका थिए । । मिल स्थानान्तरण पछि कपिलबस्तुको शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका लगायतका क्षेत्रका उखु किसानहरुले सख्खर उत्पादन गर्न थालेका छन । अन्य आम्दानी नभएका किसानहरुले उखु खेती गरेर दुई बर्षदेखि बैकल्पिक उपाय अंगाल्न बाध्य बनेका हुन ।
    कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले उखु खेतीबाटै बर्षेनी जिविकोपार्जन गर्दै आएका कृषकहरु मिल बिस्थापित भएपछि समस्यामा परेकोे वताए ।गुड उद्योगहरुले मनिपरी रुपमा उखुको मुल्य तोकेर दिइरहेको अध्यक्ष चौधरीले वताए । उनले भने गुड उद्योगले मनपरि ढङग वाट उखु किनिरहेका छन यसले गर्दा किसानहरुले उखु खेती गर्न छाडेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा झण्डै एक सय पचास गुड उद्योग रहेका छन् ।
    स्थानिय निकायमा दर्ता छैनन गुड उद्योग
    लाखौ करोडौको करोवार गर्ने गुड उद्योगहरु स्थानिय निकायमा दर्ता रहेको छैनन ।कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेका करिव डेढ सय उद्योगहरु स्थानिय निकायको कार्यलयमा दर्ता नभएको पाइएको छ ।
    स्थानिय सरकारले आफ्नो क्षेत्र भित्र रहेको उद्योगहरुलाई व्यवस्थापन गर्ने जिम्मा भएपनि शिवराज नगरपालिकामा रहेका गुड उद्योगहरुको सख्या समेत नगरपालिकालाई जानकारी छैन ।नगरभित्र रहेको उद्योगहरुलाई नगरपालिकामा दर्ता गराउन हामीले सुचना जारी गरेका छौ शिवराज नगर भित्र रहेको सवै उद्योगहरु नगरपालिकामा दर्ता गराएर मात्रै संचालन गर्नस शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले भने ।
    विजयनगर गाउँपालिकाले पनि सवै उद्योगहरुलाई दर्ताको लागी पत्र पठाइसकेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले वताए । यस्तै जिल्लाका अन्य स्थानिय निकायमा समेत गुड उद्योगहरु दर्ता नभएको पाइएको छ ।
    प्रशासन किन मौन
    जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले उखु कृषकले कम मुल्यमा खरिद गरेका गुड उद्योगको वारेमा जानकारी दिए कारवार्ही गर्ने वताएको छ । साहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले नेपाल सरकारले तोकेको उखुको मुल्य कृषकले पाउनुपर्ने वताए । उखु कृषकहरु आफै सजग भएर सरकारले तोकको रकम भन्दा नघटाएर उखु वेच्नुपर्ने जनाए ।अर्यालले भने –“यदि कुनै उद्योगले कम मुल्यमा खरिद गरेको छ भने जानकारी दिनुस हामी कारवार्ही गर्र्छौ” ।

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...