• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

पर्यटकीय चक्रपथ:६ जिल्लाको सिमाना हुँदै सल्यान परिक्रमा गर्न सकिने


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • सल्यान । सल्यानको एकिकृत पर्यटकीय विकास गर्ने उद्देश्यले ल्याइएको पर्यटकीय चक्रपथ निर्माण योजनाको काम शुरु भएको छ । सल्यान जिल्लालाइ छिमेकी जिल्लाहरुको सिमानासंगै परिक्रमा गर्ने गरि चक्रपथ निर्माण कार्य कपुरकोटदेखि शुरु भएको हो ।यस योजनालाइ निकै महत्वको साथ हेरिएको छ ।

    Advertisement

    स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट चक्रपथ निर्माण कार्य शुरु गरिएको हो । यस योजनाको लागी संघिय सरकारबाट थप एक करोड रुपैयाँ विनियोजन भएको प्रतिनिधी सभाका सांसद् टेक बहादुर बस्नेतले बताए।

    कर्णालिको प्रवेशद्धार कपुरकोटबाट शुरु भएर यस चक्रपथले जिल्ला परिक्रमा गर्ने र फेरि कपुरकोटमै आएर टुंगीने बस्नेतले जानकारि दिए । उनले भनेका छन्ः ‘सल्यान जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा यो चक्रपथले निकै लाभदायी हुने छ । मेरै कार्यकालमा यो योजना सफल पारिने छ ।’ स्थानीय तहहरुसंगको समन्वयमा यो रणनैतीक महत्वको योजना अघि बढाइएको जनाउँदै पूर्व सामान्य प्रसाशन मन्त्री समेत रहेका वस्नेतले शुरुमा कपुरकोट गाउँपालिकासंग समन्वय र छलफल गरेर निर्माण कार्य शुरु गरिएको बताए ।

    उनका अनुसार करिव २६० किलोमिटर सडक निर्माण भएमा सल्यान परिक्रमा गर्ने चक्रपथ पुरा हुन्छ । अहिले विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा १२० किलोमिटर निर्माण गरिसकेका छन् । साथै यहि आर्थीक वर्षमा यस चक्रपथलाइ जोड्ने सडकका लागी बागचौर नगरपालिकाले ५० लाख, दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाले २०/२० लाख र कुमाख गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

    सांसद् वस्नेतले भने, ‘बाँकी रहेको १४० किलोमिटर नयाँ सडक निर्माण गर्न केहि चुनौती रहेपनि हामी अवश्य सफल हुनेछौँ ।’ निर्माण उपभोक्ता समितीमार्फत सडक खन्न शुरु गरिएको उनले बताए । यस चक्रपथले दाङ, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र रोल्पाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने छ ।

    चक्रपथ निर्माण कार्यको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले चक्रपथ निर्माण हुनु सल्यानीको लागी सुखद् कुरा भएपनि सडक फराकिलो र धु्लो, हिलो मुक्त हुनुपर्नेमा जोड दिए । समयमै योजना सम्पन्न गर्नु ठूलो कुरा भएको बताउँदै उनले विचमै योजना अलपत्र हुन नहुने बताए ।

    यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का कर्णालि प्रदेश कमिटी सदस्य भिम बहादुर सेनले यस चक्रपथले कपुरकोटको सम्भावनालाइ उजागर गरेको बताउँदै सबै मिलेर योजना सफल पार्नुपर्ने बताए ।

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation