कामना डेली।
गुल्मिमा एक ८८ बर्षीया बृद्धा बलात्कृत भएकि छन।जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेमा बृद्दा बलात्कृत भएकी हुन् । सोमबार दिउँसो १६ बर्षका एक किशोरले घरमै बृद्दालाई बलात्कार गरेका हुन् । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताए । खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलवार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ । बृद्दाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ परिक्षण गरिएको छ ।
Advertisement