• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

बृहत् खानेपानीको लापरबाहि,नदिको दुषीत पानी पिउछन प्युठान नगरबासी


  •   सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन
    बृहत विजुवार साना–सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले प्यूठान नगरबासीलाई झिमरुक नदीको असुद्ध पानी खुवाउने गरेको पाईएको छ । नदीको अशुद्ध पानी सम्पवायल मार्फत पाउडरकै भरमा शुद्ध गराई पानी वितरण गर्दा नगरबासीको स्वास्थ्यप्रति गम्भीर खेलवाड भएको स्थानियहरु बताउँछन् । झिमरुक नदीको पानी पाईप मार्फत गेजबाङ्ग स्थित २ वटा सम्पवायलमा (पानी कुवा) खसालीएको स्थानिय मुकेश थापाले बताए । ‘सिधै पाईप जोडेर सम्पवायलमा झिमरुकको पानी खसालीएको छ ।’ थापाले भने, ‘पाईप तथा अव्यवस्थित बिजुलीको तारले दुर्घटना निम्त्याउने खतरा भयो ।’ छाडा रुपमा रहेको बिजुली तारले खोला नुहाउन जाने स्थानिय तथा पशुचौपायालाई जोखिममा पारेको स्थानियहरु बताउँछन । टाकुरामा रहेको फिल्टर मेशिन समेत प्रयोगविहिन अवस्थामा रहेको थापाले बताए । ‘फिल्टर बिनाको पानी खान बाध्य छौँ ।’ थापाले भने, ‘पानी शुद्ध गर्ने मेशिन हुँदाहुँँदै पनि पाउडर मार्फत मात्र पानी शुद्ध गरिनु अर्थपूर्ण छ ।’
    अशुद्ध खानेपानीको सेवनले पानीजन्य रोगहरुको संक्रमण जस्तै झाडापखाला, आँउरोग देखापर्ने जिल्ला जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले बताए । ‘वालवालिका, जेष्ठनागरिक र गर्भवति महिलामा थप जटिलता देखापर्न सक्छ ।’ सुवेदीले भने, ‘दिर्घकालिन रुपमा प्रयोग भैरहे खाँखा, छाला तथा टाइफाइड र जन्डिस समेत हुन सक्छ ।’
    उता बृहतका अध्यक्ष मोहनसिंंह विष्ट भने खोलाको पानी कम्पाउण्डमा मात्र सिंचित गरेको दाबी गर्छन । २ वटै सम्पवायलमा पानीको सुकेकाले झिमरुकको पानी सम्पवायलमा खसालीएको तर उक्त पानी टंकीमा नतानिएको उनको भनाई छ । ‘सम्पवायलमा पानी हुँदा नजिकैको बोरिङ्गले पानी सिथिल गरि बढी फाल्ने अवस्था रहन्छ ।’ अध्यक्ष विष्टले भने ‘बोरिङ्गले पानी थोरै फाल्दा समस्या भयो र पानीको अभाव छ ।’ बिलिसिङ्ग पाउडरले पानीलाई शुद्ध गरिरहेको विष्ट बताउँछन् । खर्चिलो प्रविधि भएकाले प्राविधिककै सल्लाह वमोजिम फिल्टर मेशिन प्रयोगविहिन भएको विष्ट जिकिर गर्छन् ।

    Advertisement

    प्यूठान नगरवासीहरुले यतिबेला खानेपानीको समस्या भोग्दै आएका छन् । बृहतले नियमित खानेपानीको आपुर्ति गराउन नसक्दा समस्या गहिरिएको हो । प्यूठान नगरमा बृहत खानेपानीकै भरमा पर्ने उपभोक्ताहरुलाई मागको ६५ प्रतिशत मात्र खानेपानी आपुर्ति हुँदै आईरहेको छ । दैनिक ९ लाख लिटर खपत हुने नगरमा अहिले बढीमा ६ लाख लिटर मात्र पानी पठाउन सकिएको बृहतले बताएको छ । क्वाडी र टिकुरीमा निकट भविष्यमै थप सम्पवायल बनाउने योजना रहेको र केही प्रक्रिया समेत अघि बढेको बृहतले जनाएको छ । ‘२ फरक ठाउँमा थप सम्पवायल खनियो भने पानीको समस्या कहिल्यै हुँदैन ।’ अध्यक्ष विष्टले भने, ‘प्रदेश हुँदै नगरपालिका र हाम्रो सहकार्यमा काम अघि बढ्दैछ ।’
    १ हजार ३ सय ६३ धारा वितरण गरेको बृहत खानेपानीले गेजबाङ्गगमा २ र विजुवारको भौँकामा रहेको सम्पवायल (कुवाबाट) पानी निकालेको छ । ११ वटा शाखा रिर्जव ट्याङ्की मार्फत पानीको वितरण गर्दै आएको बृहतले नगरपालिकाको वडा नं. १, २, ३, ४, ७ र वडा नं. ८ मा आँशिक रुपमा खानेपानी वितरण गर्दै आएको छ ।

    सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation