शिवु खनाल,देउखुरी
लमही नगरपालिका वडा नं. ८ असानीमा लुकाएर राखेको गोरु ओसार पसार गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिएका छन् । गोरु तस्करी बढेको समाचारहरु बाहिर आईरहेको वेला लमही नगरपालिका वडा नं. ७ कमानपुरका युवाहरुले ८ वटा गोरु नियन्त्रणमा लिएका हुन् । ति गोरु ओसार पसारमा दुई जना बालक संलग्न थिए । लमही नगरपालिका वडा नं. ४ अर्नहवा निवासी सागर कुमार र सोही वडा निवासी सल्मान खान(ललुवा)लाई स्थानियले गोरु सहित फेला पारेका थिए ।
गोरु ओसार पसारमा संलग्न वालकहरुले लमहीका गोरु व्यापारी विरु लामाले पाँच सय रुपैयाँ दिएर आफुहरुलाई गोरु ल्याउन लगाएका बताएका छन् । स्थानियहरुले आठ ओटा गोरु स्वर्गद्धारी सामुदायिक वन क्षेत्रको काञ्जी हाउसमा राखेका छन् । गाउँलेहरुले गोरु ओसार पसारमा रोक लगाएको सूचना पाएपछि वडा प्रहरी कार्यालय लमही, सतवरीया प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरी पुगेका थिए । प्रहरीले गोरु हिडाएर लैजान पाईने तर, ट्रकबाट ओसार पसार गर्न नपाईने जिल्ला प्रहरीबाट निर्देशन आएको बताएका थिए ।।
आठ वटा गोरु गाउँलेको नियन्त्रणमा
आठ वटा गोरु गाउँलेको नियन्त्रणमा

Advertisement
तपाईको प्रतिक्रिया