• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लुम्विनीको शिवगढियामा ससुराबाटै बुहारी बलात्कृत


  •   शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
  • लुम्बिनी- लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका कुरा सुनाउन उनी स्थानीय प्रहरी चौकीसम्म पुगिन् । तर प्रहरीमा लिखित उजुरी हाल्नुअघि उनका ससुराको धम्की आयो ।

    Advertisement

    घर तथा गाउँबाटै निकाला गर्नसक्ने ससुराको धम्कीका कारण उनी उजुरी नदिई घर फर्किइन् । प्रहरीसम्म पुगेर आफूविरुद्ध उजुरी हाल्न खोजेको रीसमा उनका ससुराले अहिले झन् बढी प्रताडना दिन थालेका छन् । रोजगारीका लागि उनका श्रीमान् मलेशियामा छन् । तर उनी आफ्नो मनको पीडा मनमै राखेर बस्न बाध्य छिन् । घटनाका विषयमा प्रहरीले जानकारी त पायो तर लिखित उजुरी नपरेपछि पक्राउ गरेर कारवाही चलाउन सकेन । लुम्बिनीको मधुवनीकी नजिरा खातुनको समस्या पनि ठ्याक्कै त्यस्तै छ ।

    तीन वर्षअघि रुपन्देहीको बेथरीका युवकसँग विवाह गरेकी खातुनलाई घर जेठाजु र ससुराले जबर्जस्ती गर्न खोज्छन् । नमाने कुटपिट गर्छन् । घटनाका विषयमा श्रीमान्लाई पनि जानकारी गराइन् । तर आफ्नै बाबुका विषयमा नचाहिने आरोप लगाएको भन्दै श्रीमान्ले समेत कुटपिट गरेपछि उनी माइतीमै बस्न थालेकी छन् ।

    प्रहरीमा उजुरी हाल्न खोजेपछि बिग्रिएको घरबार फेरि सपार्न सकिन्छ कि भन्ने अपेक्षामा माइती पक्षले समेत उजुरी गर्न मानिरहेका छैनन् । मुस्लिम समुदायका धेरै महिला यौन हिंसाबाट बढी प्रभावित रहेको पाइन्छ । घर परिवारको इज्जत र प्रतिष्ठामा आँच आउने डरले मुस्लिम समुदायका हिंसापीडित कुनैपनि महिला प्रहरीसम्म पुग्न डराउँछन् ।

    घटनाका विषयमा प्रहरीले विभिन्न माध्यमबाट सूचना प्राप्त गर्छ तर लिखित उजुरीको अभावमा कारवाही चलाउन सकेको छैन । यस्ता घटना मुस्लिम समुदायमा अनगिन्ति रहेको प्रहरीको निष्कर्ष छ । महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको सिड समिति (सिडो कमिटी) ले महिलाको इच्छाविपरीत यौन सम्बन्ध राख्ने, शरीर छुने, जिस्क्याउने, अपशब्द सुनाउने, यौनसम्बन्धी चित्र देखाउने, इसारा गर्ने, आँखा झिम्क्याउने, परिबन्धमा पारी यौन सम्बन्ध राख्ने वा यौन कार्यमा लाग्न बाध्य पार्नेजस्ता कार्यलाई यौन हिंसाको परिभाषाभित्र समेटेको छ ।

    तर तराईका मुस्लिम समुदायका महिला यस्ता उजुरी लिएर प्रहरीसम्म पुग्न समेत सकिरहेका छैनन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखेरेलका अनुसार पीडकले डर, त्रास र धाक देखाएर अनुचित प्रभावमा पार्ने गरेका कारण महिला हिंसाका कमै घटनामात्र प्रहरी समक्ष आइपुग्छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । यस वर्षको साउनदेखि अहिलेसम्म १२३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तब्य ज्यानसम्बधी दुई घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला प्रहरी सहायक निरीक्षक मीना आचार्यले जानकारी दिइन् ।

    सबैभन्दा धेरै हिंसाका घटना रुपन्देहीको दक्षिणी क्षेत्रमा हुने प्रहरीको भनाइ छ । बलात्कार जस्तो जघन्य अपराधका घटनालाई पनि समाजमै मिलाउने ढाकछोप गर्ने काम हुने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पोखरेलले बताए । परिवार तथा समाजबाट अपहेलित हुने डरले महिलाहरु उजुरी गर्न डराउँछन् इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल भन्छन्, ‘‘प्रहरीमा आउने बित्तीकै परिवारले असहयोग गर्छ ।’’

    आत्मविश्वास र सहयोगको कमी, पीडितलाई सामाजिक कलङ्कका रुपमा लिने कारणले गर्दा पनि यौन हिंसाका घटना दर्तासमेत नहुने गरेको उनले बताए । ‘‘विभिन्न सामाजिक अपहेलना र लान्छनाका कारण महिलाले उजुरी नै गर्दैनन्’’, अधिकारकर्मी इन्दिरा आचार्य भन्छिन्, ‘‘परिवार तथा समाजको भूमिका पीडादायी र असहयोगी छ ।’’

    न्यायको खोजीमा लाग्ने खर्च, लामो र झन्झटिलो न्याय सम्पादन प्रक्रिया, संरक्षण र सामाजिक पुर्नस्थापनाको अनिश्चताले गर्दा यौन हिंसाका घटना बाहिर नआउने उनको भनाइ छ । – रासस

    शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation