• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ९. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

शिक्षाको विकास र विद्यार्थी जिवनमा संगठनको महत्व


  •   आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
  • सिकाई मानिसको जिवनमा जन्मबाट नै सुरु हुन्छ । सबै मानिसहरुले प्रत्येक पाईला पाईलामा नयाँ कुराहरु सिकिरहेका हुन्छन् र बुझिरहेका हुन्छन् । विद्यार्थी जिवनमा प्रवेशिका परीक्षा पास गरेपछि सबैले उच्च शिक्षा हासिल गर्नकै लागि कुनै र कुनै कलेज वा विश्व विद्यालयमा अध्ययनका लागि भर्ना हुन्छन् । हरेक विद्यार्थीको फरक फरक सपना बोकेर उच्च शिक्षा हासिलका लागि मेहनत गर्छन भने अभिभावकहरुले मेरो छोरा यस्तो बनोस, छोरी यस्तो बनोस् भनेर आशा र अपेक्षा गरेका हुन्छन् । हाम्रा बाबा आमाहरुको चाहना हुन्छ कि मेरो छोरा अथवा मेरो छोरीले राम्रोसँग उच्च शिक्षा हासिल गर्यो भने पछि दुख सुखमा साथ दिनेछन्, हामीलाई बुढेसकालमा दुखका दिन आउनेछैनन् भन्ने कुरा सबैका अभिभावकहरुको मन मनमा यस्तै यस्तै कुराहरु खेलिरहेका हुन्छन । हामी जति धेरै शिक्षा हासिल गर्दै जान्छौ त्यति नै धेरै ज्ञान हामीले प्राप्त गर्दै जानेछौं । हामीले सिक्दै जाने क्रममा अथवा भनौं उच्च शिक्षा हासिल गर्दै गर्दा वुवा आमाले गरेको अपेक्षालाई ध्यानमा राख्दै वहाँहरुले सजाएको सपनालाई साकार पार्दै सुनौलो भविष्य निर्माणको लागि आइलाग्ने चुनौती र समस्याहरुको समाधान गर्न सिक्नु पर्दछ र त्यसपछि प्राप्त हुने अवसरका संभावनाहरु हामीले गुमाउनु हुँदैन ।
    जीवनमा सोचे जस्तो सफलता प्राप्त गर्न निकै कठिन हुन्छ र त्यसको लागि निकै ठुलो मेहनतको जरुरी रहेको हुन्छ । वास्तमै भन्नु पर्दा शिक्षा राज्यको अभिन्न अंग हो । शिक्षाको मुख्य काम देशका नागरिकहरुलाई प्रशिक्षण गर्नु वा शिक्षित बनाउनु हो । मानवीय जीवनमा शिक्षाको अतुलनीय महत्व रहेको हुन्छ । शिक्षा विनाको जीवन अपुरो, अधुरो, अप्ठ्यारो हुन्छ । औपचारिक रुपमा होस अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य हुन्छ ।
    अर्काेतर्फ मान्छेले अचेल पढेर पनि काम नपाएपछि नेपालको शिक्षा नै खत्तम भन्ने गरेको सुनिन्छ । त्यतिमात्रै होइन युवा पिडीमा त अझै किन पढ्न प¥यो, पढेर हात्ति ठूलो भएको हो र ? पहिला पशिलाका बुढा पुरानाले नपढेर पनि जीवन गुजार गरेकै छन्, धन आर्जन गरेकै छन जस्ता अपवादका कुराहरुले पनि कतिपय विद्यार्थीहरुको मन विग्रिएको छ । त्यस्तो हुनुको कारण बजारले मागेको विज्ञापनमा आफूले प्रतिस्पर्धा गर्न नसकेपछि शिक्षालाई नै दोष दिनु हो । कसैले कुनै काम बिगारे वा भनेजस्तो गर्न सकेनन् भने पनि राम्रो शिक्षा भए पो गर्न सक्थ्यो वा गर्न सक्थी भनी आलोचना सुन्न पाइन्छ । तर पनि स्कुल, कलेजका शिक्षा सुचारु नै छन् र यही शिक्षाबाट प्रगति गर्नेहरूको बाटो भने रोकिएको छैन । एक वर्षमा झन्डै एक हजार डाक्टर अनि त्यतिकै संख्यामा इन्जिनियर उत्पादन हुन थालिसकेका छन् र तिनको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन । त्यसो भए शिक्षाको दोष कहाँ छ त ? प्रचलित प्रणालीलाई सघाउ नपु¥याउने अनि नानाभांँती कुरा गरेर शिक्षा खराब भो भन्न मिल्छ ? के कलेजको डिग्री हात पर्नासाथ सबैले रोजगारी पाएमात्र त्यो शिक्षा काम लाग्ने, नभए काम नलाग्ने हो त ?
    त्यसो भए संसारकै शिक्षा काम नलाग्ने भयो । किनभने कलेजको डिग्रीको आधारमा मात्र संसारको कुनै पनि कुनामा सबैले रोजगारी पाउनै सक्दैनन् र पाएका पनि छैनन् । यसर्थ शिक्षा आर्जन गर्नुको साथसाथै शिप र ब्यवहारिक ज्ञान पनि संगसंगै सिक्दै जानुपर्ने हुन्छ । हामीले सिक्ने भनेको नै विद्यार्थी जिवनमा हो । यो विद्यार्थी जिवनमा नसिकेको कुरा हामी जति उमेर ढल्दै जान्छ त्यति सिक्न गा¥हो हुने गर्दछ । शिक्षा साधनमात्र हो, साध्य होइन । अचेल धेरै मान्छेहरूले यसलाई साध्य मान्न थालेकाले पनि शिक्षा प्रणालीको आलोचना बढ्न थालेको देखिन्छ । कुनै पनि मुलुकको शिक्षा काम नलाग्ने भन्ने हुँदै हुँदैन । त्यसलाई काम लाग्ने वा नलाग्ने बनाउने त हाम्रो खुबीमा निर्भर रहन्छ । सबै कुरा शिक्षालाई नै दोष दिने प्रवृत्ति पनि एउटा मनोरोग नै हो, जुन आफ्नो असक्षमतालाई केही समय ढाक्ने प्रयास मान्न सकिन्छ ।
    संस्कार, रहनसहन, नयाँ ज्ञान र सिप सिक्दै आधुनिक विश्वसँग प्रतिष्पर्धा गर्नको लागी समाज र राष्ट्रको लागि चाहिने माध्यम शिक्षा हो । प्रत्येक मानिसमा उसको अंतरंग सिप र कला हुन्छ, उसको सृजनाशक्ति र उत्पादनशिलता हुन्छ । शिक्षाले उसको त्यही अंतरंग सृजनालाइ प्रस्फुटन गर्न सक्नु पर्दछ । तर हाम्रो शिक्षा त्यस्तो छैन, हाम्रो शिक्षा त कसैको सृजनालाई प्रस्फुटन गराउनु भन्दा पनि अरुको दिमागमा भएको रेडिमेड कुरालाइ जवर्जस्ती विद्यार्थीको दिमागमा घुसाउन प्रयत्नरत छ । शिक्षा भनेको सिकाइ हो, जसरी सिके पनि, जे सिके पनि जीवनमा जिउने कला सिक्नु पर्छ भन्ने सोँच शिक्षक र अभिभावकमा आउने हो भने मात्रै पनि शिक्षाले फरक रुप लिन सक्छ । यसका साथसाथै समाजमा रहेका विद्यमान अन्याय, अत्याचार, सामन्ती, पुजीवादी कुरीति तथा कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, सामन्ती शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा शिक्षाको साथसाथै संगठनको पनि त्यतिनै महत्व रहेको छ । जीवनलाई सरल, सुखी, उपयोगी बनाउन शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो समाज वर्ग विभाजित समाज हो । समाजलाई रुपान्तरण गर्न, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि र सबै प्रकारका अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार तथा कुरीतिको अन्त्य गर्नको लागि आवाज बुलन्द गर्न संगठित हुनु आवश्यक छ । विद्यार्थी संगठित हुने विद्यार्थीका मुख्य मुद्दाहरुलाई कार्यान्वन गराउनका लागि हो । हाम्रो जस्तो मुलुकमा गुणस्तरीय, सर्बसुलभ शिक्षा हुन नसक्नु हाम्रो लागि निकै कठिनको अवस्था हो । हामी हाम्रो लागि र आगामी पिडिका विद्यार्थीहरुको लागि पनि सर्वशुलभ र उपयुक्त शिक्षा हासील गर्नको लागि संगठित भई शिक्षाको पद्धतिमा परिवर्तन र विकासमा अगाडी बढ्न अत्यावश्यक छ । विकसीत देशहरुमा पनि शिक्षामा आमुल परिवर्तनको लागि संगठित भई विद्यार्थीहरु एकरुपमा लागि परेर आमुल परिवर्तनहरु आएको हामी ज्वलन्त उदाहरणहरु देखिरहेका छौ र सुनिरहेका छौ । हामी हाम्रो देशमा पनि विकास र शिक्षाको उन्नतीको लागि एक जुट भएर लाग्न अति आवश्यक छ । जति क्षमता विद्यार्थीमा हुन्छ त्यो अरुमा हुन सक्दैन ।
    हाम्रो देशको शिक्षा नीतिलाई सुधार गर्नका लागि विद्यार्थी संगठनहरुले ध्यान दिनु जरुरी छ ।
    विद्यार्थीहरुको हक हित र अधिकारका लागि लड्छौं भन्ने विद्यार्थी संगठनहरु यसतर्फ ध्यान केन्द्रीत गरेको देखिदैन तर अनेरास्ववियुले भने विगत देखि नै शैक्षिक रुपान्तरणका लागि हालको शिक्षा नीति खारेज गरी नयाँ शिक्षा नीति कार्यान्वयन गराउनुपर्छ भन्दै आइरहेको छ । अनेरास्ववियुले त्यतिमात्र नभएर आगामी २० वर्षको लागि पनि शैक्षिक सम्मेलन मार्फत संघीय संरचना अनुसारको शिक्षा नीति निर्माण गरी सरकारलाई बुझाएको छ र केही मुद्दाहरुको बारेमा सुनुवाई पनि भइसकेको छ । अनेरास्ववियुले अगाडी सारेको शिक्षा नीति अनुसार कार्यान्वयन भयो भने शिक्षा क्षेत्रले अवश्य पनि काचुली फेर्ने छ । सरकारले वर्षेनी लागु गर्ने वार्षिक नीति तथा कार्यक्रममा शिक्षाका लोभलाग्दा योजनाहरु प्रस्तुत हुन्छन् तर ब्यवहारमा कहिल्यै लागु हुदैनन् । शिक्षामा रुपान्तरणको लागि संविधान र शिक्षा नीतिलाई ब्यवहारमा उतार्नु पर्छ । संविधानमा अट्न नसक्ने तर परिवर्तन गर्नै पर्ने शिक्षाका भित्री तत्वहरु पनि थुप्रै छन् । त्यस्ता तत्वहरुको पहिचान गरी गुणस्तरिय, सर्वशुलभ, विश्वमा प्रतिस्पर्धा गर्न सक्ने नेपालकै माटो सुहाउँदो शिक्षा आजको आवश्यकता हो । त्यसको कार्यान्वयन गराउन सबैको पहलकदमी अति आवश्यक रहेको छ ।
    सुरज भट्टराई
    अध्यक्ष
    अनेरास्ववियु नगर कमिटी,देवदह

    Advertisement

    आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation