कामना डेली,२०७५ मंसिर ९
बागलुङ, ९ मंसिर । बागलुङमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा
आगलागी भएको हो। आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।
शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो ।
ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरू एकापसमा जोडिएका कारण ठूलो क्षति पुगेको र घटनास्थलमा बिबरण संकलनको काम भैरहेको बताएको छ। ।