• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

प्यूठान उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी सुरु


  •   सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
  • प्यानल बनाएर व्यवसायीहरु चुनावमा होमीँदै

    Advertisement

    प्यार अलि खाँन,३ मंसिर २०७५
    प्यूठान उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी सुरु भएको छ । मंसिर २९ गते संघको २१ औं साधारण सभा तथा १० औँ अधिवेशन हुन लागेको हो । संघको अधिवेशन पुर्ब संघ अन्तर्गत रहेका ९ वटा बजार क्षेत्रमा यहि मंसिर ५ गतेबाट धमाधम अधिवेशनहरु सुरुहुन लागेको संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ९ वटा बजार क्षेत्रबाट अध्यक्ष तथा जिल्ला प्रतिनिधि सहित १७ जना जिल्ला कार्यसमितिमा आउने प्रावधान रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।
    ७ जना पदाधिकारी रहने संघमा बस्तुगत सदस्य, मानार्थ सदस्य, एसोसियट सदस्य, निवर्तमान अध्यक्ष र निर्वाचित संघको अध्यक्षले १ जना महिला सहित ३ जना मनोनित गरि ३१ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएको संघका निर्वतमान अध्यक्ष माधवराज भण्डारीले बताए । ‘५ गते बस्तुगत सदस्यको चुनाव हुन्छ ।’ भण्डारीले भने, ‘१७ गते भित्र ९ वटै बजार क्षेत्रका अधिवेशनहरु सम्पन्न हुनेछन् ।’ ६ गते झिमरुक बजार क्षेत्रको अधिवेशन र ८ गते प्यूठान नगरपालिका बजार क्षेत्रको अधिवेशन हुँदैछ । बजार क्षेत्र तथा संघमा नेतृत्व हत्याउन व्यवसायीहरु चुनावी प्यानलनै बनाएर अघि बढ्दै छन् । संघको भावि अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष केदारमान कक्षपतिलाई अघि सारिएको संघका पूर्व अध्यक्ष ईमानसिंह भारतीले बताए । कक्षपतिलाई राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरिसकेको उच्च स्रोतले बताएको छ । संघको ७ सदस्यीय पदाधिकारीमा समेत भागबण्डा भैसकेको छ । स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष र उपमहाचिव नेकपाले लिने छ भने वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव तथा कोषाध्यक्ष राजमोले पाउने लिखित सम्झौता तथा समझदारी बनेको छ । यसै गरि ९ वटा बजार क्षेत्रमा कहाँ कस्को नेतृत्व हुनेबारे पनि दुबै दलको वैठक बसी भद्र समझदारी तथा पद भाँडफाँडमा लिखित सहमती गरिएको स्रोत बताउँछ ।
    संघका ९ वटा बजार क्षेत्र मध्ये प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, सरुमारानी गाँउपालिका, नौवहिनी गाँउपालिका र माण्डवी गाँउपालिका बजार क्षेत्रमा नेकपाले नेतृत्व लिने छ भने मल्लरानी, ऐरावती, झिमरुक तथा गौमुखी बजार क्षेत्रमा राजमोले नेतृत्व लिने समझदारी भएको छ । ११ सदस्यीय बजार क्षेत्रमा अध्यक्ष सहित ६ सदस्यीय नेतृत्व लिनेको हुनेछ भने ५ जना सदस्य दोस्रो पक्षको हुने छ ।
    उता नेपाली कांग्रेस निकट व्यवसायिबाट हालका कोषाध्यक्ष रामचन्द्र पौडेलको नाम भाबि अध्यक्षका लागि चर्चामा छ भने महासचिवमा होटल व्यवसायी संघ प्यूठानका पूर्ब अध्यक्ष समेत रहेका हालका कार्यसमिति सदस्य दधिराम भण्डारीको नाम चर्चामा छ । नेपाली कांग्रेसलाई वाईपास गरेर जान खोजिएको प्रति संघका वर्तमान कोषाध्यक्ष रामचन्द्र पौडेलले आपत्ती जनाएका छन् । ‘संघमा राजनीति दल हावी भयो ।’ कोषाध्यक्ष पौडेलले भने, ‘स्वतन्त्र व्ययसायिक थलोमा राजनीतिक दलको हस्तक्षेपकारी भुमिकाले संघको बृहत्तर हित हुनै सक्दैन ।’ साना दलहरुलाई साथमा लिएर केहि दिनमै प्यानलबारे औपचारिक घोषणा गरिने पौडेलले बताए ।

    सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation