• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, कार्तिक ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

  • ५. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ६. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ७. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ८. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

  • ९. जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

  • १०. गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

५ सीटे जीपमा ४० यात्रु , ट्राफिककाे अाँखामा धूलो उडाउँदै !


  •   शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
  • प्यूठान : बाग्दुला–मरन्ठाना–चुदरीखोला ग्रामीण सडक खण्डमा संचालन हुने अधिकांश जीप हरेक दिन खचाखच यात्रु बोकेर जोखिमपूर्ण यात्रा गर्दै आएका छन्

    Advertisement

    जीपभित्र जम्मा ५ जनाको लागि आरामदायी सीट हुन्छ । सीटबाहेक केही मुडा र छतमा त यात्रु बस्छन् नै । त्यसमा पनि नअटाउने पछाडिको ‘क्यारिअर’मा समेत झुन्डिन्छन् । जम्माजम्मी ५ जनाको सीट क्षमता भएको जीपमा हरेक दिन ४० भन्दा बढी यात्रु झुन्डिएरै यात्रा गर्छन् ।

    प्रहरीकै अघि लापरवाही
    बाग्दुला–मच्छि–ठूलावेसी सडकखण्ड अन्तर्गत झिमरुक गाउँपालिकाको कार्यालय नजिकै मच्छि (तिलहाल्ना) मा इलाका प्रहरी कार्यालय छ । प्रहरीको आँखै अघि छतभरी यात्रु बोकेर धुलो उडाउँदै जीपहरु गुड्छन् । प्रहरीले भने जीपलाई रोकेर यात्रु ओराल्न नसकेको स्थानीयको गुनासो छ ।केही जिपहरु चाहीँ प्रहरी कार्यालय अगाडि यात्रु ओराल्छन् र केही पर पुगेपछि रोकेरै फेरि चढाउँछन् ।

    जोखिमको यात्रा
    जीप चालक मात्रै नभएर यात्रु आफैँ झुन्डिएर यात्रा गर्दा असहज मान्दैनन् । टाढाको यात्रा, थोरै गाडी भएकाले पनि आफूहरु झुन्डिएरै यात्रा गर्न बाध्य भएको यात्रुहरुको तर्क छ ।

    तर यसरी यात्रा गर्नेहरुको बिमा समेत हुँदैन । साँघुरो, खाल्डाखुल्डी र उकालो सडकमा हरेक दिन यात्रुहरु आफैँ ज्यान जोखिममा राखेर जीपमा यात्रा गर्दै आएका हुन् ।

    जिल्ला प्रहरीका अनुसार जिल्लामा विस्तार भएका सडक सञ्जाल र जीप संख्याको अनुपात मिलेकै छ । जिल्लाभर सानाठूला गरी झण्डै दुइसय सवारीसाधन छन् ।तर पनि जीपले क्षमता भन्दा अत्याधिक बढी यात्रु बोक्ने क्रम रोकिएको छैन । यतिसम्म कि, क्षमता भन्दा पनि तेब्बर संख्या यात्रु जीपमा भर्छन् ।

    मरन्ठाना हुँदै चुदरीखोला, सेपुङ, जुम्रिकाँडा, बरौला, स्वर्गद्धारी, नारीकोट, अर्खा, रजवारा, बाहाने, माझ र फोप्लीका गाउँमा संचालन हुने अधिकांश जीपहरुले यसरी जोखिमपूर्ण यात्रा भर्दै आएका हुन् ।

    प्रहरी भने आफ्नै कार्यालयअघि दर्जनौँ यात्रु कोचेर गुड्ने जीपका चालकलाई नदेखे झैँ गर्छन् । क्षमताभन्दा तेब्बर यात्रु बोकेर गुड्ने जीपलाई प्रहरीेले समेत कहिल्यै नियमन गरेको छैन ।

    यस क्षेत्रमा चल्ने जीपहरुलाई निगरानी गरे पनि गाडी चालकले अटेरी गर्दै आएको बताउँछन् ट्राफिक प्रहरी । बाग्दुला क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी राजेशजंग शाहका अनुसार क्षमता भन्दा बढी यात्रु यात्रा गराउने १५ देखि २० जीप दैनिक कारवाहीमा पर्छन् ।

    तै पनि ट्रापिकको आँखा छलेर जीप दौडाउने गरेको ट्राफिक प्रहरी नै स्वीकार गर्छ । जिल्लामा जनशक्ति कम हुँदा गाउँमा चेकजाँच प्रभावकारी बनाउन नसकेको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुख छविलाल ढकाल बताउँछन् ।

    उनका अनुसार हाल जिल्लाभर जम्मा ११ ट्राफिक प्रहरी कार्यरत छन् । ‘सडकमै पुगेर गाडीचालकलाई सचेत पनि गराएका छौँ’, ढकालले भने, ‘तर, सोचेअनुसार नियन्त्रण गर्न अझै सकिएको सकिएन ।’

    साभार:अन्नपुर्ण पोष्ट्र

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय
    सरुमारानीबाट दशैं लक्षित ४० लाखका खसी-बोका बिक्री
    एक वर्षअघि नै लुम्बिनी प्रदेश सरकारले खारेज गरेकाे थियाे पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधा
    दुःखमा हात बढाउने गाउँ
    २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    भर्खरै

    • १.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ३.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ४.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ५.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ६.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ७.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ८.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation