• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • काठमाडौं । सरकारी विद्यालयको जग्गा तथा भौतिक संरचनाहरू व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भएको छ। अध्यापन अध्ययनमा आवश्यक न्यूनतम संरचना नराखी विद्यालयले जग्गा र भवन भाडामा दिने प्रवृत्ति बढेपछि सरकारले रोक लगाएको हो।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाएर कार्यान्वयनका लागि सम्बन्धित विद्यालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले बनाएको हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिकामा यी प्रावधान छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको निर्देशिका मन्त्रालयले पारित गरेको हो। कात्तिक १५ गते मन्त्रीस्तरीय निर्णयबाट पारित निर्देशिका सोमबार सार्वजनिक गरिएको हो ।
    केन्द्रका उप–महानिर्देशक दीपक शर्माले विद्यालयलाई चाहिने जग्गासमेत नराखी व्यापारिक समूहलाई भाडामा दिएर मुनाफा लिने प्रवृत्ति बढेकाले रोक लगाइएको स्पष्ट पारे। यस सम्बन्धमा सर्वोच्च अदालतले केही समयअघि विद्यालयको जग्गा तथा भवन भाडामा दिन नपाउने फैसला गरेको थियो। फैसला सबै विद्यालयमा लागू हुने शर्माले बताए। ‘अदालतको फैसला एकातर्फ छ भने अर्कोतर्फ हामीले निर्देशिका नै बनाइसकेका छौं’, उनले भने, ‘कुनै पनि विद्यालयले अदालतको फैसलाबारे जानकारी छैन भनेर भाडामा दिन पाउँदैन।’
    मन्त्रालयको निर्देशिकाबारे मातहत निकायमार्फत सबै विद्यालयलाई जानकारी गराइने पनि उनले बताए। पठनपाठनलगायत शैक्षिक गतिविधिपछि पनि विद्यालयको संरचनामा खाली भए अवस्था हेरेर भाडामा लगाउन सकिनेछ। तर सरकारले तोकेको न्यूनतम सुविधा विद्यालयमा अनिवार्य हुनुपर्नेछ। निर्देशिकाअनुसार विद्यालयमा न्यूनतम एउटा बगैंचा हुनुपर्छ। खेलमैदान, प्रार्थना गर्ने ठाउँ, पुस्तकालय, प्रयोगशाला आदीका लागि पनि पर्याप्त ठाउँ हुनुपर्छ।
    यसरी भाडामा लगाउँदा हुने आम्दानी पारदर्शी नभएको भन्दै मन्त्रालय तथा केन्द्रमा उजुरी पनि पर्ने गरेको छ। मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘गुनासाहरू आउँछन् तर धेरैजसो मौखिक हुन्छन्। समग्रमा यो समस्या हामी सबैले अनुभव गरेको विषय हो।’

    Advertisement

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation