• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

  • ३. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ४. राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

  • ५. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ६. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ७. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ८. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ९. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • १०. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

व्यबसायी  सरकारसँग डराउनु पर्दैन–मन्त्री गिरि


  •   सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,१९ कार्तिक २०७५
    प्युठान /५ नम्बर प्रदेशका उद्योग, बन तथा पर्यटन मन्त्री लिला गिरिले स्वच्छ ढंगले व्यवसाय गर्ने उद्यमीले सरकारसँग डराउनु नपर्ने बताउनुभएको छ । आइतबार होटेल ब्यबासायी संघको नवौं साधारण सभा तथा चौथो अधिबेशनलाई जुम्रीमा सम्बोधन गर्दै मन्त्री गिरिले नराम्रो काम गर्नेलाई मात्र सरकारले कारवाहि गर्ने बताउनुभएको हो । आर्थिक कारोबारमा आर्थिक जरिवाना मात्र लगाउनु पर्छ भन्ने मानसिकतामा सरकार नरहेको उहाँको भनाई छ । गिरिले मानव स्वास्थ्यमा असर पर्ने गरी कुनै बस्तु उत्पादन गर्न नहुने बताउनुभयो। उहाले गुणस्तरीय बस्तु उत्पादन गर्न उपभोक्तालाई सेवा दिन आग्रह गर्नुभयो ।उहाँले नेपालमा उद्यमी भन्दा ब्यापारी बढि भएकाले बाहिरको लगानी नआएको आरोप पनि लगाउनुभयो । ऐन कानुनलाई समय सापेक्ष परिमार्जन गर्न नसक्दा घरेलु तथा साना उद्योगको प्रवर्द्धन हुन नसकेको ठोकुवा गर्दै मन्त्री गिरिले यस्ता उद्योग मारमा परेकाले अब छिट्टै औद्योगिक निती तथा ऎन निर्माण गरि अगाडी बढ्ने बताउनुभयो।
    “हामी पुरानो सोच र धारणले समृद्धि हासिल गर्न सक्दैनौं।” मन्त्री गिरिले भने “उत्पादन र व्यावसायिक बन्न सकिएमा मात्र समृद्ध प्युठान बन्न सक्छ।” प्युठान जिल्ला अनुकुल हाबापानी प्राकृतिक ,सास्कृतिक सम्पदाले भरिपुर्ण रहेको चर्चा गर्दै जिल्लाबासिले यस्ता सम्पदालाई ब्यबस्थित गराएमा पर्यटनको आकर्षण बन्न सक्ने गिरिले बताउनुभयो।उहाँले नेपालमा वैदेशिक लगानी आकर्षित हुन नसकेको अवस्थामा सकारात्मक समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।प्रदेश सभासद हरि रिजालले होटल ब्यबसाय अत्यन्त सम्मानित र सभ्यताको पहिचान गराउने ब्यबसाय भएकाले पर्यटन र होटल ब्यबसायिको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभयो।
    मुलुकको विकासका लागि साना उद्योगको प्रवर्द्धन हुन जरुरी छ रिजालले भन्नुभयो’स्वदेशी वस्तुको प्रवर्द्धन गर्न प्रतिवद्ध छु ।’

    Advertisement

    मन्त्रीसंग माग

    जिल्लाका होटल व्याबसायीहरुले प्युठानको पर्यटन प्रबर्द्धनमा पहल गरिदिन मन्त्री समक्ष माग गरेका छन। जिल्लामा स्थापित गौमुखी मल्लरानी ऐराबती, भित्रिकोट,लगायतका पर्यटकीय स्थलको समुचित बिकास गर्न नसकिएको भन्दै ११ बुँदे मागपत्र पेश गरिएको हो।होटेल ब्यबसायी संघको नब निर्मित सचिवालय भवनमा पर्यटन सुचनाकेन्द्र स्थापना तथा ब्यबसायको आधुनिकीकरणको लागी आर्थिक तथा प्राबिधिक सहयोग ,प्युठानका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल सम्म पुग्ने सडकको स्तर उन्नति नयाँ सडक निर्माण आर्थिक तथा प्रबिधिक सहयोग गरिदिन ब्याबसायीहरुको माग छ ।

    कस्तो छ नया कार्यसमिती?

    अधिबेशनले गन्ज बहादुर थापाको अध्यक्ष रहने गरि नया कार्यसमिती समेत चयन गरेको छ ।जस्को वरिष्ठ उपाध्यक्ष जुद्द बहादुर कवर,उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ ,दितिय उपाध्यक्ष डिलाराम सुबेदी ,महासचिव बसन्त प्रसाद भन्डारी ,सचिब लिलाधर न्यौपाने, सहसचिव खेमराज बस्नेत ,कोषाध्यक्ष गिरिराज अधिकारी ,सह कोषाध्यक्ष जित बहादुर कडेल रहेका छन ।त्यस्तै सदस्यहरुमा सन्जय कुमार श्रेष्ठ ,जनक के सि ,राम बहादुर महतरा,पुनराम अधिकारी ,रेशम योगि,सरस्वती जि सि,तारा योगि,इमानसिह गिरि,लक्ष्मी के सि,रमेश राना,कमला नकर्मी ,टन्क बहादुर बिष्ट र धन बहादुर भण्डारी सहितको सर्बसम्मत कार्य समिती चयन गरिएको छ।

    सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित
    सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    • ३.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ४.
      राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

    • ५.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ६.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...