• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, फागुन १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

लोकप्रिय समाचार

  • १. निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

  • २. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ३. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ४. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ५. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ६. सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

  • ७. प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

  • ८. दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

  • ९. उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

  • १०. इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान


  •   सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
  • –शुरामणि बेलबासे
    जेष्ठ ३ गते नेपाली कम्यनिष्ट आन्दोलनका सिद्धान्तकार एवम जननेता मदन भण्डारी र कुसल संगठक जिवराज आश्रितको स्मृति दिवश । २०५० जेष्ठ ३ गते नारायणघाट मुगलिङ सडक खण्डको दास ढुंगामा वहांहरु सबार जिपलाई दुर्घटना गराई नेपाली जनताका प्यारा नेताहरुको हत्या गरिएको थियो । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको हत्या भएको २८ वर्ष पुगेको छ । यद्यपी हत्याराहरुको हाल सम्म पनि पहिचान भएको छैन । मदन–आश्रीतको हत्या पश्च्यात देशमा ठूलो आन्दोलन भएको थियो । आन्दोलनको क्रममा आदा दर्जन नेपाली आमाका अन्य समुतहरुले समेत ज्यान गुमाउनु परेको थियो । हत्याराहरुको पहिचान गर्ने र तीनलाई कार्वाही भने हाल सम्म पनि हुन सकेको छैन । यस्ता ठूला हत्याकाण्डहरु शंसारका अन्य देशहरुमा पनि भईरहने, हत्याराहरु बिरलै मात्र पत्ता लाग्ने र कार्वाही हुने गरेका छन् । यस्ता ठूला हत्याकाण्डहरुमा राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको हात रहने हुंदा ती शक्तिहरु सजिलै पत्ता लाग्दैनन् । नेपालमा पनि मदन–आश्रीत र राजा बिरेन्द्रको वंशविनाशका हत्याराहरु हाल सम्म पत्ता लाग्न सकेका छैनन् । जनताको अपेक्षा छ ढिलो चांडो ती हत्यारा पत्ता लाग्नेछन् र कार्बाही हुने छ ।
    नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको अतुलनीय योगदान छ । मदन भण्डारीको सैद्धान्तिक योगदान जनताको बहुदलीय जनबाद हो । जनताको बहुदलीय जनबाद नेपाली क्रान्तिको सिद्धान्त र कार्यक्रम हो । अन्तराष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलनले एक पछि अर्को असफलता भोगीरहेको समयमा नेपालमा मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई गति प्रदान गर्नु भएको थियो । कम्युनिस्ट आन्दोलन जडता र विसर्जनको सिकार भएको अबस्थामा ती दुबै अबस्थाबाट कम्युनिस्ट आन्दोलनलाई बचाई नयां जिवन दिन सफल हुनु भएको थियो । माक्र्सबादका तीनबटै संगठक अंगमा मदन भण्डारीले सैद्धान्तिक योगदान गर्नु भएको छ । खास गरि राज्य सत्तामा द्धन्द्धबादी सिद्धान्तको प्रतिष्ठापन र कम्युनिस्ष्ट आन्दोलनको लोकतान्त्रिकरणको मान्यता अघि सारेर माक्र्सबादी दर्शनमा महत्वपूर्ण योगदान गर्नु भएको छ । मदन भण्डारी पुर्व द्धन्द्धबादी दर्शनलाई कम्युनिस्ट आन्दोलनमा एकता, संघर्ष र संघर्षको रुपमा वा निषेधको निषेधकारुपमा मात्र प्रयोग गरिएको थिायो । कुनै उएटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टीको कल्पना गरिएको थियो । एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भन्ने मान्यता राख्ने र उसैले क्रान्ति गरेर जनबादी सत्ता स्थापना गर्ने तर अन्य कम्युस्टि पार्टीलाई राज्य सत्तामा ठाउं नदिने अर्थात उनीहरुलाई निषेध गर्ने मान्यता संसार भरिका कम्युनिस्ट आन्दोलनमा देखिएको अभ्यास हो । यो मान्यताबाट अघि बडदा सोभियत समाजबाद र पुर्वी युरोपका समाजबादी व्यबस्थाहरु ढलेका थिए ।कार्ल माक्र्स र लेनिनले पूजीबााद, साम्राज्यबादको चरणमा पुगे पछि नष्ट हुन्छ भनेका थिए तर साम्राज्यबाद नष्ट नभएर अरु बलियो हुंदै गएको अबस्था देखियो भने कम्युनिस्ट राज्य सत्ता स्थापना भए पछि राज्य सत्तानै बिस्तारै ओईलाएर जाने अर्थात समाज वर्गवीहिन दिशामा जाने, जनताहरुका वीचमा वर्ग नहुने सबै समान हुदै जाने, मानिसहरु स्वतन्त्रताको दुनीयामा बिचरण गर्न पाउने भनिएकोमा, अभ्यासमा कम्युनिस्ट सत्ताहरु ईलीटहरुको हातमा जाने, वर्गवीहिनता नभई वर्गीयताको खाडल बडदै जाने, जनताको जनबादी अधिनायकत्वका ठांउमा मुठ्ठि भरका मानिसका हातमा राज्य सत्ता रहीरहने, त्यहां बिचार, संगठन र काममा प्रतिस्पर्धा नहुने अबस्था पनि देखा प¥यो । मानवसमाजको अहीतकारी साम्राज्यबादी शक्ति अनिवार्यरुपमा समाप्त हुनु पर्नेमा बलीयो बन्दै गएको स्थिति र सबै मानवको सुख, समृद्धि र समानता चाहने कम्युनिस्ट शक्ति कमजोर बन्दै जानुको मुख्य कारण विचार, संगठन र काममा प्रतिस्पर्धा नहुनु हो भन्ने निष्कर्श मदन भण्डारीको रहेको छ । माक्र्सबादी दर्शनका अनुसार प्रकृति, समाज र राजनीतिमा सर्वत्र द्धन्द्ध हुन्छ । द्धन्द्धका कारण गति र जीवन प्राप्त हन्छ भने कम्युनिस्ट राजनीतिको अभ्यासका शन्दर्भमा विचारको प्रतिस्पर्धा वा द्धन्द्धलाई निषेधकारुपमा लिने मान्यता गलत भएको र यही गलत मान्यताका कारण कम्युनिस्ट पार्टीहरु कमजोर हुने राज्य सत्ता उल्टो दिशमा जाने स्थिति देखिएको निष्कर्श सहित मदन भण्डारीले द्धन्द्धबादका नियमहरुलाई राज्य सत्ता, पार्टी, अर्थतन्त्र, आन्दोलनमा प्रतिष्ठापन गर्ने मान्यता अगाडि सार्नु भएको हो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादले एउटै देशमा एक भन्दा धेरै कम्युनिस्ट पार्टीको विचमा बैचारिक प्रतिस्पर्धा हुनु पर्ने मान्यता अघि सारेको छ । कम्युनिस्ट पार्टीहरुले पनि जनताको विचमा आफ्ना नीति, कार्यक्रमहरु लगेर अनुमोदित भई राज्य सत्ता संचालन गर्नु पर्ने, यो प्रकृया नियमित आबाधिक हुनु पर्ने मान्यताका कारण आज देशमा दुई कम्युनिस्ट पार्टीका वीचमा पार्टी एकता हुने र जनमत मार्फत दुईतिहाईको सरकार संचालन गर्ने अबसर प्राप्त भएको हो । यदी एउटा देशमा एउटा मात्र खांटी माक्र्सबादी कम्युनिस्ट पार्टी हुन्छ अन्य कम्युनिस्ट पार्टीहरु गैर माक्र्सबादी हुन्छन भन्ने मान्यता अद्याबधिक भएको भए नेपालमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न समुहका विचमा एकता हुने र दुईतिहाईको कम्युनिस्ट सरकार बन्न असंभव हुने थियो ।
    मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनबादको अर्को महत्वपूर्ण संघठक अंग जनबादी व्यबस्थाको चरणबद्ध बिकास हो । यो मान्यता पनि मदन भण्डारीले अघि सारेको नयां मान्यता हो । यस अघि अभ्यासमा रहेका कम्युनिस्ट व्यबस्थामा जनबादी व्यबस्थाको चरणबद्ध बिकासका बारेमा निकै ठूलो कन्फ्यूजन थियो । सामान्यतया जनबादी व्यबस्थाका तीन चरणको स्पष्ट मान्यताले राज्य सत्ताको समाजबाद वा साम्यबादमा पुग्ने हतारोले स्वयं कम्युनिस्ट व्यबस्था असफल हुने स्थिति रहने छैन । जहां पुर्ववर्ती राज्य सत्ताका जनविरोधी आर्थिक, सामाजिक र सांस्कृतिक आधारहरुको अन्त्य गरि जनबादी व्यबस्थाका नयां आर्थिक, सामाजिक र सांस्कृतिक आधारहरुको निर्माण गरिन्छ र एउटा लामो प्रकृयाबाट समाजबादमा संक्रमण गरिन्छ । जुन समाजबाद दिर्घजीवि हुने र राज्यवीहिन, वर्गवीहिन समाज –साम्यबादी समाजमा रुपान्तरण हुनेछ । यसरी मदन भण्डारीले जनबादी व्यबस्थाको चरण्बद्ध बिकासको मान्यताबाट माक्र्सबादी अर्थशास्त्रको सिद्धान्तमा योगदान गर्नु भएको छ ।मदन भण्डारीले जनताको बहुदलीय जनबाद मार्फत बहुलबादी खुल्लासमाजको मान्यता अघि सारेर प्रकृति, समाज र विचारमा हुने बहुलतालाई आत्मसाथ गरि सोही अनुसार कम्युनिस्ट पार्टी र यसद्धारा संचालित राज्य सत्ताको अभ्यास गर्नु पर्नेमा जोड दिनु भएको छ । कम्युनिस्ट पार्टी द्धारा संचालित राज्यसत्ता बहुलबादी र खुल्ला समाज भएको हुनु पर्नेमा वहांको जोड रहेको छ । बन्द समाजले न्याय, स्वतन्त्रता र समानता भएको समाजबाद र साम्यबादी समाजमा पु¥याउन सक्दैन भन्ने दृष्टान्त अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त भएको शिक्षानै प्रयाप्त छ । मदन भण्डारीको यो मान्यताले माक्र्सको बैज्ञानिक समाजबादी सिद्धान्तमा योगदान गरेको छ ।
    यसरी मदन भण्डारीले माक्र्सबादी दर्शन सिद्धान्तमा योगदान गर्नु भएको छ । जनताको बहुदलीय जनबादको मार्गदर्शनमा अघि बडदा नेपालको कम्युनिस्ट आन्दोलनले एतिहासिक सफलता हाशिल गरेको छ । जनताको बहुदलीय जनबादको मार्गदर्शनमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको छ । एकताबद्ध कम्युनिस्ट आन्दोलनको निर्माण भएको छ । शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट जनमत द्धारा कम्युनिस्ट सरकारको निर्माण भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदानलाई अलग गर्दा यहांको कम्युनिस्ट आन्दोलन अपुर्ण हन्छ । विभिन्न चिरामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एउटै मूलप्रवाहमा ल्याउन, माक्र्सबादी सिद्धान्तलाई नेपालको बस्तु स्थिति अनुसार सिर्जनात्मक प्रयोग र बिकास गर्न मदन भण्डारीले महत्वपूर्ण भूमिका खेल्नु भएको छ । साहेद जबजको प्रतिपादन भएको हुंदैन थियो भने नेपालको कम्युनिस्ट आन्दोलन अहिले पनि जंगल र ओडारहरुमा सिमित भएको हुने थियो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि हुने थिएन । निर्वाचनमा प्रतिस्पर्धा गरी दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारको कल्पना समेत गर्न सकिने थिएन । यी सबै उपलब्धिका पछाडि जबजको भूमिका छ । आजभोली जबजको अभ्यासमा समस्या देखिएको छ, कम्युनिस्ट आन्दोलन छिन्न भिन्न हुन्छ कि भन्ने चिंताले यसका सुभेच्छुकहरुलाई सताइरहेको छ । देशलाई माक्र्सबादी सिद्धान्तको सही अभ्यासमा लानका लागि हाम्रो नेतृत्वले सफलता प्राप्त गरोस्, मदन भण्डारीको सैद्धान्तिक योगदानलाई आत्मसाथ गर्न सकोस्, मदन–आश्रितको २९ औं स्मृति दिवशका शन्दर्भमा कम्युनिस्ट नेता–कार्यकर्ता र शुभेच्छुक सबैमा यही शुभकामना सहित जनताको बहुदलीय जनबादी सिद्धान्तका प्रतिपादक एवम जननेता कमरेड मदन भण्डारी र सिद्धान्त अभ्यासका सारथी, कुशल संगठक कमरेड जिवराज आश्रीत प्रति हार्दिक श्रद्धाञ्जली ।

    Advertisement

    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने
    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय
    विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र
    झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल
    भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    लोकप्रिय

    • १.
      निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् :

    • २.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ३.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ४.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    • ५.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ६.
      सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग

    भर्खरै

    • १.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • २.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ३.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ४.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ५.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ६.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    • ७.
      उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    • ८.
      दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation