‘सभापतीज्यु ! ने.बि संघ हौ कि म्यादी संघ ?’

– किशोर गैरे
लाखौ प्रजातान्त्रिक विद्यार्थीहरुको आस्थाको धरोहर, नेपाली विद्यार्थी आन्दोलनको पर्यायवाची संगठन नेपाल विद्यार्थी संघको गठन २०२७ साल बैशाख ६ गते स्थापना भएको थियो। पन्चायतले आफ्नो जरा बिस्तार गरेको एक दशक भैसकेको अवस्थामा सम्पुर्ण राजनैतिक पार्टीहरु प्रतिबन्धित थिए। त्यस्तो अवस्थामा प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी भुमिकालाई मजबुत पार्दै शैक्षिक हक अधिकार स्थापित गर्दै राष्ट्रियता, प्रजातन्त्र,समाजबाद अनि विद्यार्थी एकतालाई आदर्श मानी बर्बर अधिनायकबादी पन्चायतका विरुद्ध विद्यार्थी आन्दोलन मार्फत प्रजातान्त्रिक क्रान्तिलाई जिवन्त राख्ने कार्य नेपाल विद्यार्थी संघले नै गरेको थियो। आफ्नो प्राणको आहुती दिएर कलम र मसाल अङ्कित झन्डाको गरिमा कायम गरि संघर्षमा होमिनुहुने सम्पुर्णलाई हार्दिक नमन गर्न चहान्छु। प्रजातन्त्र प्राप्तीको आन्दोलनमा आफ्नो जीवन नै अर्पण गर्ने महान कामेश्वर मण्डल, कुशेश्वर यादव,लिला दाहाल, ठगी दाहाल, खगेन्द्र दाहाल,गोकर्ण कार्की, राम उपाध्याय, लक्षमण उपाध्याय, महेश कोइराला, पेशल दाहाल, केशव कोइराला, सरोज कोइराला, सुर ड्कुर बराही, बुधन मिया, रामबाबु चौधरी, मिजाबिया सेक, लगन राय यादव, अमृत शाह, राम थापा, सागर सिंह,इश्वरिदत्त शर्मा, लालबहादुर बम, भरत देबकोटा, श्याम सुन्दर श्रेष्ठ,लोकबहादुर महातारा, भोजराज भुषाल, राजन गिरि, सगुन तम्राकार लगायत ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रध्दान्जली ब्यक्त गर्दछु।

आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नका लागि हाम्रा अग्रजहरुले अत्यन्त धेरै मूल्य चुकाउनु परेको छ। देशमा भएका हरेक जनआन्दोलनमा अग्रसर रहि विद्यार्थीहरुको मात्र होइन समग्र आन्दोलन कै नेतृत्व गर्ने नेपाल विद्यार्थी संघले आफ्नो १२ औ महाधिबेशन सम्पन्न गर्न सकेको छैन। बन्द सत्र बिनाको ११ औ महादिबेशन पनि अत्यन्त चुनौती पुर्ण थियो, ३ दिनका लागि सुरु भएको महादिबेशन करिव १०-१२ दिन सम्म लम्बिएको थियो, मतदान त भयो, तर विद्यार्थी एक हुन सकेन्न। प्रजातान्त्रिक ब्यबस्थाको लागि लडेको हाम्रो संघले आफ्नो आन्तरिक प्रजातन्त्र हरण भएको टुलुटुलु हेर्न बाध्य छ। विद्यार्थीको भोट हालेर आफ्नो प्रतिनिधि चुन्न पाउने आधिकारलाई कुन्ठित गरिन्छ, विद्यार्थीको नेतृत्वलाई खसी भाग लगाए झै भाग लगाइन्छ। सभापती तेरो, उपाध्यक्ष मेरो, महामन्त्री उस्को! भागबण्डालाई मिलाउनकै लागि पदको गरिमा नै हरण हुने गरि एउटै पदका अनेक ब्यक्ती बनाइन्छ। प्रत्येक गिरोहलाई बराबर होस भनेर होला सायद!

११ औ महाधिबेशन जस्तो परिस्थितिमा सम्पन्न भए पनि हामी जस्ता लाखौ प्रजातन्त्र प्रेमी विद्यार्थीहरुलाई आशा थियो, नेपाल विद्यार्थी संघ विधि बिधानमा चल्ने छ,नियमित अधिबेशन मार्फत नेतृत्व चुनिनेछन, प्रजातान्त्रिक मूल्य र मान्यताको गरिमा कायम गर्ने छ, लामो प्रजातान्त्रिक संघर्षको बिरासतलाई नया उचाई दिनेछ, एक आम दुरदराजको विद्यार्थीले साहारा पाउने छ, तर अफसोस, ११ औ महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समिती अधिबेशन गराउन नसकी भङ्ग हुन पुग्यो, हामीले भन्यौ अधिबेशन हाम्रो अधिकार हो, अधिबेशनबाट भाग्ने नेतृत्व प्रजातान्त्रिक हुन सक्दैन, ३२ बर्षे उमेर हदको प्रावधान लागू हुनु पर्छ र आम विद्यार्थीले ने.बि संघ प्रती अपनत्व महशुस हुनु पर्छ अनि मात्र देशमा विद्यार्थी आन्दोलनले नया कार्य दिशा पाउने छ, शैक्षिक मुद्दाले ठाउँ पाउने छ्न अनि मात्र देशले कर्मठ प्रजातान्त्रिक आचरण भएको नेतृत्व पाउनेछ । तर त्यो कसैको सँकुचित स्वार्थले सम्भब हुन सकेन, लामो समय ने.बि संघ शुन्यतामा रहयो, हाम्रो आश अझै थियो, आई. सि.युमा मुर्छाएको ने.बि संघलाई सन्जिवनी बुटि सभापतिज्युले दिनु हुनेछ, सन्जिबनी बुटि तयार हुन धेरै समय लगाउनु भएका पार्टी सभापतीज्युले बुटि त दिनु भयो तर अपुरो बुटि दर्जन भन्दा बढी महामन्त्री भएको अपुरो समिती जस्ले आजका मिति सम्म केन्द्रीय समिती बिस्तार गर्न पनि सकेको छैन। एउटा सभापति, उपाध्यक्ष, अनि महामन्त्रीहरुको टिम त बनाइएको छ, १२ औ महादिबेशन सम्पन्न गराउने अभिभारा बोकेको टिमलाई समय दिईयो ६ महिना तर महादिबेशन ६ महिनामा सम्भब थिएन। बर्षौ लागाएर पनि केन्द्रिय समिती अझै बन्न सकेको छैन, ६-६ महिनाको डोज थप्दै समय घरकाउने खेलो बाहेक केही हुन सकेको छैन, अलि समय पछि यो समितीले महाधिवेशन गर्न सकेन भनिन्छ, अर्को टिम बनाइन्छ फेरि, तर यो अनुमानलाई गलत सबित गर्न सकोस, बर्तमान केन्द्रिय समिती। आफ्ना अनेक ब्यक्तिगत स्वार्थ, गुटगत इगो सबैभन्दा माथी उठेर इमान्दार पुर्वक १२ औ महादिबेशन सम्पन्न गर्न यहि नेतृत्व सफल होस।
सायद प्रजातन्त्र प्राप्तीको आन्दोलनमा नेबि संघको झन्डा समातेर होमिएकै भरमा जीवन आहुती दिनु परेका शहिदहरुले पनि शान्ती पाइरहेका छैन्न होला, नेपाल विद्यार्थी संघ अस्त ब्यस्त हुदा।
अचम्म लाग्ने कुरा छ है, अति प्रतिकुल अवस्थामा जुजारु रहेको सङठन लोकतन्त्र प्राप्ती पछि किन यो हालतमा पुग्यो? प्रश्न गम्भीर छ। ६२/६३ भन्दा अगाडि कांग्रेसलाई हात समाएर लोकतान्त्रिक गणतन्त्रमा लेराउने विद्यार्थी सङठनले आज आफ्नो १२ औ महादिबेशन सम्पन्न गर्नका लागि संघर्ष गर्नु परेको छ। नेबि संघ धेरै राजनैतिक खेलाडीका फुट्वल ग्राउड भएको छ। पार्टी सभापती शेरबहादुर देखि गगन प्रदिप कुन्दन सम्म पार्टिको केन्द्रिय समितीमा पनि धेरै जसो नेबि संघ कै नेतृत्वबाट पुग्नुभएका नेतागण हुनुहुन्छ, तर पनि किन नेबि संघलाई अवधिक निर्वाचन मार्फत महाधिवेशन गराउन सक्नु भएको छैन।
महाधिवेशन नया नेतृत्व पाउने प्रक्रिया मात्र होइन, महाधिवेशनले नीति निर्माण गर्छ, महाधिबेशनले छलफल चलाउछ, क्रान्तीको नेतृत्व गर्छ, महाधिबेशनले सुनौलो भबिष्यको योजना कोर्छ,तर महाधिवेशन किन सम्भव छैन? स्थापनाको पचास बर्ष पार गरेको नेपाल विद्यार्थी संघ यो विषम परिस्थितीमा पुराउनुमा को कस्को दोष छ? यो खोजनिय बिषय होला।
तर के साच्ची हामी सबै संघ प्रती इमान्दार छौ त?

यो प्रश्न आज खड्किएको प्रश्न हो! के हामी साच्चै इमान्दार छौ त संघको अधिबेशनका लागि?
कि हामी संघलाई बिबादमा रोमलाएर ब्यक्तीगत फाइदा लिने र हाबी हुने काम इकाई देखि केन्द्र सम्म सबै नेतागणले गरिरहेका छौ?
राजनिती साच्ची यहि हो त? हिजो श्री ५ को हुकुमप्रमाङ्गी तोक आदेशका विरुद्ध लोकतान्त्रिक आन्दोलनमा जेल नेल यातना सहेर संघर्ष गरेका नेताहरु रहेको पार्टीले एउटा पत्रका भरमा म्याद समाप्त भएका ११ ओटा पार्टीमा आवद्ध भ्रातृ संघहरु— नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय गर्दा सबै भन्दा पहिले एउटा लाज प्रश्ताव पारित गर्नु भयो कि भएन सभापतीज्यु? आदरणीय नेता गणहरु देशको दुरदराजमा रहेका विद्यार्थीले यो प्रश्न गरि रहेका छन।
“सभापतीज्यु! ने.बि संघ हौ कि म्यादी संघ ?”
जवाफदेहिता कस्को?

Sharing Now!

You might also like

Comments are closed.