सशस्त्र प्रहरीका एक जवानको दुर्घटनामा मृत्यु

कपिलबस्तु । कार्तिक ११ गते मंगलबार आफैले चलाएको स्कुटरबाट दुर्घटनामा परेका सशस्त्र प्रहरी जवान नारायण पौडेलको निधन भएको छ । कपिलवस्तुको वाणगंगा ७ मोतीपुर घर भएर वाणगंगाकै सशस्त्र प्रहरी बेस क्याम्प पिपरामा कार्यरत पौडेलको उपचारकै क्रममा बुटवलमा निधन भएको हो ।

मंगलबार राति पौडेल आफैले चलाएको स्कुटर अनियन्त्रित भएर बोडगाउँमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाबाट गम्भीर घाइते बनेका पौडेललाई तत्कालै उपचारका लागि बुटवल लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बुधबार निधन भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

३२ बर्षीय पौडेलले सशस्त्र प्रहरी बेस क्याम्प पिपराको गाडी चलाउँदै आएका थिए । बर्षौदेखि गाडीलाई कुशलतापूर्वक हाकेका पौडेलको आफैले चलाएको स्कुटर दुर्घटना भएर निधन हुन पुगेको हो। दशैं बनाउन घर आएका पाहुँनालाई चारनम्बर छोडेर फर्कने क्रममा स्कुटर दुर्घटनामा परेको जनाइएको छ ।

पौडेलको विहीबार दिउँसो लक्ष्मणघाटमा अन्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.