महाराजगंजको क्वारेनटाईनमा १ सय ७८ जना

बृजेश यादव,कपिलबस्तु ।बिश्वब्यापी चुनौतीकोको रुपमा रहेको कोरोना भईरस (COVID-19) नियन्त्रणको लागि कपिलबस्तुको महाराजगंज नगरपालिकाले नगरभित्र १३ ठाउँमा क्वारेनटाईन स्थापना गरेको छ । महाराजगंज नगरपालिकाको क्वारेनटाईनमा १ सय ७८ जना क्वारेनटाईनमा रहे छनकोरोना भाईरस रहेको तथा बिदेशबाट आएको ब्यक्तीहरुबाट अर्को ब्यक्तीमा सर्न नदिनको लागि महाराजगंज नगरपालिकको सबै वडाहरुको बिद्यालयमा क्वारेन्टाईन स्थापना गरेकोछ ।जस मध्ये वडा नं १ महाराजगञ्जमा ८ जना, वडा नं २ पडरियामा २४ जना वडा नं ४ बरईपुरमा ११ जना,वडा नं ५ उदयपुरमा १० जना ,वडा नं ६ भलवारीमा ९ जना ,वडा नं ८ कजरहवामा ३२ जना,वडा नं ९ शिसवामा २० जना ,वडा नं १० हरदौनामा ५२ जना,वडा नं ११ बलरमवापुरमा १२ जना गरि जम्मा १ सय ७८ जना क्वारेनटाईनमा रहेको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिनु भयो ।

Sharing Now!

You might also like

Comments are closed.