प्युठान(बरौला) । नेपाली कांग्रेस ऐरावती प्यूठानले आईतबार कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखालाई एक हजार मास्क हस्तान्तरण गरेको छ ।नेपाली कांग्रेस ऐरावती गाउँपालिकाका सभापती नारायण ज्ञवालीले बजारमा माक्सको कालोबजारी भईरहेको भन्दै आफुहरुले निशुल्क माक्स वितरणको कार्य शुरु गरेको बताउनु भयो । ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत सचेत रहन आग्रह गर्दै माक्स वितरण गरीएको जानकारी दिनुभयो। चुनाबका बेला निशुल्क टिर्सट बाँड्ने गरेको स्मरण गर्दे सभापती ज्ञवालीले विपतका बेलामा हामीले माक्स बाँडेका हौँ भन्नुभयो ।कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले पहिला स्वास्थ्य संस्था र त्यहाँ कार्यरत कर्मचारीहरुलाई सचेत र तयारी रहन आग्रह गर्दै उनीहरुबाटै ऐरावती गाउँपालिकाका सबै बस्तिहरुमा कोरोना भाइरसको प्रकोप सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरीरहेको बताउनु भयो । अध्यक्ष शाहले कोरोना भाइरस सम्बन्धि हामीले गीत र सारङ्गि मार्फत गन्र्धवहरु परिचालन गरेर ऐरावती गाउँपालिकाका बस्तिहरुमा सचेतना सन्देशमुलक जानकारी गराएको बताउनु भयो ।अध्यक्ष शाहले अन्य देशका जनता बिरामी पर्दा अस्पताल जाने गरेको तर नेपालका जनता बिरामी पर्दा उल्टै अस्पतालबाट भाग्ने गरेको भन्दै अस्पतालमा सुरक्षाको अनुभुति गराउन सरकारसँग माग गर्नुभयो ।
कांग्रेस ऐरावतीद्धारा निशुल्क मास्क वितरण
कांग्रेस ऐरावतीद्धारा निशुल्क मास्क वितरण

Advertisement
तपाईको प्रतिक्रिया