जेष्ठ नागरिकलाई अब हवाई भाडा मात्र ५ सय

काठमाडौं। निजी लगानीको वायुसेवा कम्पनी श्री एअरलाइन्सले सरकारले घोषणा गरेअनुसार ७५ वर्षमाथिका नेपाली नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएको छ ।कम्पनीका अनुसार यो १२ असोज २०७६ बाट लागु हने भएको छ ।प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ ।छुट प्राप्त गर्न यात्रा गर्ने व्यक्तिले उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचय पत्र पेश गर्नुपर्नेछ।यो व्यवस्था एअरलाइन्सले दशैँ तिहार तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकका लागि प्रदान गरिने विशेष छुट हो । श्री एअरलाइन्सले असोज १२ गते घटस्थापनादेखि आन्तरिक उडानमा ८५ वर्ष पुगेका नेपाली नागरिकलाई पाँच सय रुपैयाँमा हवाई यात्रा गराउने जानकारी दिएको छ ।एअरलाइन्सले बाँकी हजाई भाडा तथा इन्धन शुल्कमा छुट दिने बताएको छ ।टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने भएको छ ।श्री एयरलाइन्सले ६ वटा कम्पनीबाट आन्तरिक सेवा दिइरहेको छ ।

Sharing Now!

You might also like

Comments are closed.