• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ३. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

कम उमेरमै बलात्कारको शिकार  ,


  •   शुक्रबार, कार्तिक ०९, २०७५ मा प्रकाशित
  • काठमाडौँ, ९ कात्तिक (रासस) ः बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् ।

    Advertisement

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् । बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ । “तथ्याङ्कले १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइयो, त्यसैले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम पनि स्कुल केन्द्रित गर्न लागिएको हो”, महानिरीक्षक खनालले भन्नुभयो ।

    आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यही कात्तिक ११ गतेबाट उक्त कार्यक्रम देशैभरि लागू गर्ने तयारी गरेको छ । खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईलगायत विभिन्न मन्त्रालयका सचिव र उपत्यकाको स्थानीय तहका प्रमुखलाई समेत उक्त विवरण प्रस्तुत गर्दै समुदायसँग मिलेर आपराधिक क्रियाकलाप रोक्न प्रहरी लागिपरेको जानकारी गराउनुभएको छ ।

    आव २०७४÷७५ मा जबर्जस्ती करणीका एक हजार ४८० मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका २६१ र ११ देखि १६ वर्षका ५५० जना जबर्जस्ती करणीबाट पीडित भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । अरु १० प्रतिशत १७ देखि १८ वर्षका छन् । करणी उद्योगतर्फ ७२७ मुद्दा दर्ता भएका छन् ।

    जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ ।

    लागुऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेकाले पनि जघन्य अपराध बाहिर नआएको अधिवक्ता फूलमायाँ रानाभाट बताउनुहुन्छ ।

    आपराधिक घटनामा १६–२५ वर्षका बढी

    विभिन्न आपराधिक घटनामा १६ देखि २५ वर्षका व्यक्तिको सहभागिता ३८ प्रतिशत रहेको पाइएको छ । प्रहरीले उनीहरुलाई केन्द्रित गरेर साझेदारी अभियान शुरु गर्न लागेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउनुहुन्छ ।

    घटनामा २९ देखि ३५ वर्षका व्यक्तिको सहभागिता भने ३० प्रतिशत रहेको पाइएको छ । कुल अपराध पिडितमा १६ देखि २५ वर्षका २४ प्रतिशत, २६ देखि ३५ वर्षका २८ प्रतिशत र ३६ देखि ४५ वर्षका २२ प्रतिशत भेटिएका छन् ।

    बलात्कार घटनामा १६–२५ वर्षका ४० प्रतिशतको संलग्नता छ । हत्याका घटनामा पीडितको अवस्था २६ देखि ३५ वर्षका २७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । प्रहरीको दिएको तथ्याङ्कअनुसार गएको आवमा ३९ हजार ३१५ वटा विभिन्न आपराधिक घटना भएका छन् ।

    शुक्रबार, कार्तिक ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ३.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • २.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ३.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ६.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ७.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ८.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation