माछा मार्न जादा खोलामा चिप्लिएर मृत्यु

बाजुरा / माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ । बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिँड्नु भएका उहाँ रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको आफन्तले बताएका हुन् । उहाँले बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आउनुभएको थियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...