• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ५. प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर नियन्त्रणमा

  • ६. सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

  • ७. प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर नियन्त्रणमा

  • ८. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

  • ९. मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन

  • १०. विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”

प्रहरीले भन्यो- बजारमा भएका नयाँ नोटमा नक्कली मिसिएका छन् होसियार हुनुहोस् ! यसरी छुट्याउनुस् नक्कली/सक्कली नोट


  •   सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
  • नक्कली नेपाली नोट बनाउने मेसिनसहित ३ लाख ७० हजार रकममध्ये नक्कली नोट देखाउँदै प्रहरी अधिकृत। नक्कली नेपाली नोट बनाउने मेसिनसहित ३ लाख ७० हजार रकममध्ये नक्कली नोट देखाउँदै प्रहरी अधिकृत।

    गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित चाँदनी रेष्टुरेष्ट एण्ड वारमा खाजा खान गए।

    Advertisement

    साँझ तिर गएका उनीहरू आधा रातसम्म त्यही मदिरा पिएर रमाए। खाएपछि उनीहरूले ९ हजार रूपैयाँको बिल तिरे।

    रेष्टुरेण्टका क्यासियरलाई उनीहरूले दिएको पैसाबारे शंका लाग्यो।

    पैसा हातमै राखेर ती क्यासीयरले प्रहरीलाई खबर गरे।

    प्रहरी केही बरेमा रेष्टुरेण्टमा पुग्यो र उक्त पैसा दिएका दुई जनालाई नियन्त्रणमा लियो। त्यसपछि उक्त रकमबारे प्रहरीले केरकार थाल्यो।

    पछि उक्त रकम नक्कली भएको पुष्टी भयो यो सँगै उनीहरूले आफूसँग नक्कली पैसा छाप्ने कारखानानै भएको बयान प्रहरीमा दिए।

    उनीहरूको बयानका आधारमा प्रहरीले शनिबार कीर्तिपुर नगरपालिका ४, मच्छेगाँउबाट मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठसहित २५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापालाई नियन्त्रणमा लियो।


    प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्रीसहित ३ लाख ७० हजार रूपैयाँ बरामद गर्‍यो। बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गर्‍यो।

    ‘नक्कली रूपैयाँ बजारमा फैलिएका छन् भन्ने हामीलाई सूचना थियो,’ काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने, ‘हामीले नक्कली नोट नियन्त्रणबारे कही योजना बनाएरै लागेका थियौ, रेष्टुरेण्टको बिल तिर्दा ९ बजार भेटिएको थियो पछि काराखानानै भेटायौं।’

    उनका अनुसार सो गिरोहले ५ लाख नक्कली रूपैया छापेको थियो।

    उनीहरूले छापेका रकममध्ये त्यसमा केही रकम हामीले बरामद गरेका छौं, उनीहरूले दिएको बयान अनुसार १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम भेटिएको छैन, त्यो पनि खोज्दैछौ’, उनले भने।

    यसअघि काठमाडौं प्रहरीले माहाबौद्ध र गौशालाबाट पनि नक्कली नेपाली रूपैया बरामद गरेको थियो।

    ‘यो बेला राष्ट्र बैकले नयाँ नोट बाढ्छ, दसैंका बेला सबैलाई नयाँ नोट चाहिने भएकाले नयाँ नोटसँग मिसाउन नक्कली नोट बजारमा हुनसक्छन्’, एसएसपी लामाले थपे, ‘त्यसमा नागरिक सचेत हुनुपर्छ।’

    फेसबुकमा समाचार देखेर नक्कली नोटको धन्दा

    केही समयअघि ११ महिना हातहतियार खरखजनाको मुद्दामा जेल सजाय भुक्तान गरी घर आएका इन्द्रबहादुर श्रेष्ठले फेसबुकमा झापा तिर नक्कली नोट बनाउनेलाई प्रहरीले पक्राउ गरेको समाचार देखेछन्।

    त्यसपछि उनलाई पनि त्यसैगरी नक्कली नोट बनाउने जोस जागेछ।

    पछि उनले केही युवाहरु बटुले दसैंका बेला बजारमा नयाँ नोट आउने भएकोले त्यही मोका छोपेर नक्कली नोटको कारोबार थाले।

    उनीसँगै पक्राउ परेकाहरू पनि विभिन्न अपराध गरी प्रहरी कारवाहीमा परेका ब्यक्ति भएको प्रहरीको भनाई छ।

    बजारमा अझै पनि नक्कली नोट छन्, विचार पुर्‍याउनुः प्रहरी

    बजारमा अझै पनि नक्कली नोट भएको हुनसक्ने भन्दै नागरिकलाई ध्यान दिन प्रहरीले आग्रह गरेको छ।

    ‘बजारमा अझै पनि नक्कली नोट छन् भन्ने सूचना छ,’ एसएसपी लामाले भने, ‘हामीले गम्भीर तरिकाले अनुसन्धान गर्दैछौ, नागरिक नठगिउन् भन्ने हाम्रो भनाई हो।’

    कसरी पत्ता लगाउने नक्कली नोट?

    प्रहरीले बरामद गरेका नक्कली नोट र सक्कली नोटमा बाहिरबाट हेर्दा उस्तै देखिए पनि गहिरीएर हेर्दा छुट्याउन सकिन्छ।

    अहिले प्रहरीले बरामद गरेका नोटको पिन्ट अलि फिका हुन्छ।

    त्यसैगरी नक्कली नोटको सुरक्षा धागो हुँदैन, ताकी टल्किँदैन। नक्किलीमा मसिनो धब्बा हुन्छ, टल्कीने डोरी हुँदैन।

    सक्कली नोटमा खाली ठाँउमा लालीगुराँसको छाप हुन्छ, नक्कलीमा त्यो हुँदैन।

    सक्कली नोटलाई कुच्याउँदा पछि पहिलाकै आधारमा आउँछ, नक्कली नोट भने कुच्चीनै रहन्छ।

    नक्कली नोट बिजाएर गणना गर्दा पनि थाहा हुन्छ नक्कली भिज्छ, सक्कली त्यती भिज्दैन, भिजे पनि गल्दैन।

    बढ्यो नक्कली नोटको बिगबिगी, कसरी चिन्ने सक्कली र नक्कली ? कुमार चौलागाई

    -नेपालमा नक्कली नोटको कारोबार त्यति नहुने भए पनि पछिल्लो समय भने बजारमा नक्कली नोटको बिगबिगी बढ्न थालेको छ । केही समयअघि मात्र पोखरामा नक्कली नोट भेटिएको थियो । त्यसैगरी, झापामा पनि हालै नक्कली नोट देखा परेको छ । नेपालमा नक्कली नोटको समस्या त्यति नआउने भए पनि पछिल्लो समय भने नक्कली नोटको कारोबार बढेको देखिएको हो । तर, यस्तो समस्या आउँदैन भनेर ढुक्क भएर बस्ने अवस्था भने नभएको राष्ट्र बैंकको ठहर छ ।
    नक्कली नोटको आशंका हुनेबित्तिकै राष्ट्र बैंकले त्यसलाई तुरुन्तै जफत गर्छ । जस कारण नक्कली नोटको प्रभाव कम हुन्छ । राष्ट्र बैंकले नक्कली नोटको पहिचान गर्न विभिन्न प्रचार–प्रसार कार्यक्रम तथा तालिमहरू दिँदै आएको छ । बजारमा नक्कली नोट देखा पर्न थालेपछि राष्ट्र बैंक प्रचार–प्रसारमा सक्रिय भएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘नक्कली नोट पहिचानका लागि राष्ट्र बैंकले विभिन्न तालिम तथा प्रचार–प्रसार गर्दै आएको छ ।’ ‘एक दुई सातामा नक्कली नोट पहिचानका लागि तालिम दिँदै छौं,’ उनले भने । केही स्थानमा फाटफुट मात्रामा देखिएका नक्कली नोटले त्यति ठूलो असर नगर्ने सहायक प्रवक्ता पण्डितले बताए, राजधानी दैनिकमा खबर छ ।
    यसरी चिन्न सकिन्छ नक्कली नोट

    नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।

    – नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।

    – १ सय, ५ सय र १ हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।

    – नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएकोजस्तो देखिन्छ ।

    – नेपाली नोट शतप्रतिश कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।

    सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम
    दाङमा २० तोला सुन चोरी, पाँच बालबालिका र एक व्यवसायी पक्राउ
    बुटवलमा आमासहित दुई सन्तानको हत्या
    मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
    भन्सार छलीका औषधिसहित एक जना पक्राउ
    मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य : प्रदेश प्रमुख मियाँ

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    • ५.
      आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो

    • ६.
      सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    भर्खरै

    • १.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • २.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ३.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • ४.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ५.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    • ६.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ७.
      राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

    • ८.
      बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...