• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्रहरीले भन्यो- बजारमा भएका नयाँ नोटमा नक्कली मिसिएका छन् होसियार हुनुहोस् ! यसरी छुट्याउनुस् नक्कली/सक्कली नोट


  •   सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
  • नक्कली नेपाली नोट बनाउने मेसिनसहित ३ लाख ७० हजार रकममध्ये नक्कली नोट देखाउँदै प्रहरी अधिकृत। नक्कली नेपाली नोट बनाउने मेसिनसहित ३ लाख ७० हजार रकममध्ये नक्कली नोट देखाउँदै प्रहरी अधिकृत।

    गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित चाँदनी रेष्टुरेष्ट एण्ड वारमा खाजा खान गए।

    Advertisement

    साँझ तिर गएका उनीहरू आधा रातसम्म त्यही मदिरा पिएर रमाए। खाएपछि उनीहरूले ९ हजार रूपैयाँको बिल तिरे।

    रेष्टुरेण्टका क्यासियरलाई उनीहरूले दिएको पैसाबारे शंका लाग्यो।

    पैसा हातमै राखेर ती क्यासीयरले प्रहरीलाई खबर गरे।

    प्रहरी केही बरेमा रेष्टुरेण्टमा पुग्यो र उक्त पैसा दिएका दुई जनालाई नियन्त्रणमा लियो। त्यसपछि उक्त रकमबारे प्रहरीले केरकार थाल्यो।

    पछि उक्त रकम नक्कली भएको पुष्टी भयो यो सँगै उनीहरूले आफूसँग नक्कली पैसा छाप्ने कारखानानै भएको बयान प्रहरीमा दिए।

    उनीहरूको बयानका आधारमा प्रहरीले शनिबार कीर्तिपुर नगरपालिका ४, मच्छेगाँउबाट मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठसहित २५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापालाई नियन्त्रणमा लियो।


    प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्रीसहित ३ लाख ७० हजार रूपैयाँ बरामद गर्‍यो। बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गर्‍यो।

    ‘नक्कली रूपैयाँ बजारमा फैलिएका छन् भन्ने हामीलाई सूचना थियो,’ काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने, ‘हामीले नक्कली नोट नियन्त्रणबारे कही योजना बनाएरै लागेका थियौ, रेष्टुरेण्टको बिल तिर्दा ९ बजार भेटिएको थियो पछि काराखानानै भेटायौं।’

    उनका अनुसार सो गिरोहले ५ लाख नक्कली रूपैया छापेको थियो।

    उनीहरूले छापेका रकममध्ये त्यसमा केही रकम हामीले बरामद गरेका छौं, उनीहरूले दिएको बयान अनुसार १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम भेटिएको छैन, त्यो पनि खोज्दैछौ’, उनले भने।

    यसअघि काठमाडौं प्रहरीले माहाबौद्ध र गौशालाबाट पनि नक्कली नेपाली रूपैया बरामद गरेको थियो।

    ‘यो बेला राष्ट्र बैकले नयाँ नोट बाढ्छ, दसैंका बेला सबैलाई नयाँ नोट चाहिने भएकाले नयाँ नोटसँग मिसाउन नक्कली नोट बजारमा हुनसक्छन्’, एसएसपी लामाले थपे, ‘त्यसमा नागरिक सचेत हुनुपर्छ।’

    फेसबुकमा समाचार देखेर नक्कली नोटको धन्दा

    केही समयअघि ११ महिना हातहतियार खरखजनाको मुद्दामा जेल सजाय भुक्तान गरी घर आएका इन्द्रबहादुर श्रेष्ठले फेसबुकमा झापा तिर नक्कली नोट बनाउनेलाई प्रहरीले पक्राउ गरेको समाचार देखेछन्।

    त्यसपछि उनलाई पनि त्यसैगरी नक्कली नोट बनाउने जोस जागेछ।

    पछि उनले केही युवाहरु बटुले दसैंका बेला बजारमा नयाँ नोट आउने भएकोले त्यही मोका छोपेर नक्कली नोटको कारोबार थाले।

    उनीसँगै पक्राउ परेकाहरू पनि विभिन्न अपराध गरी प्रहरी कारवाहीमा परेका ब्यक्ति भएको प्रहरीको भनाई छ।

    बजारमा अझै पनि नक्कली नोट छन्, विचार पुर्‍याउनुः प्रहरी

    बजारमा अझै पनि नक्कली नोट भएको हुनसक्ने भन्दै नागरिकलाई ध्यान दिन प्रहरीले आग्रह गरेको छ।

    ‘बजारमा अझै पनि नक्कली नोट छन् भन्ने सूचना छ,’ एसएसपी लामाले भने, ‘हामीले गम्भीर तरिकाले अनुसन्धान गर्दैछौ, नागरिक नठगिउन् भन्ने हाम्रो भनाई हो।’

    कसरी पत्ता लगाउने नक्कली नोट?

    प्रहरीले बरामद गरेका नक्कली नोट र सक्कली नोटमा बाहिरबाट हेर्दा उस्तै देखिए पनि गहिरीएर हेर्दा छुट्याउन सकिन्छ।

    अहिले प्रहरीले बरामद गरेका नोटको पिन्ट अलि फिका हुन्छ।

    त्यसैगरी नक्कली नोटको सुरक्षा धागो हुँदैन, ताकी टल्किँदैन। नक्किलीमा मसिनो धब्बा हुन्छ, टल्कीने डोरी हुँदैन।

    सक्कली नोटमा खाली ठाँउमा लालीगुराँसको छाप हुन्छ, नक्कलीमा त्यो हुँदैन।

    सक्कली नोटलाई कुच्याउँदा पछि पहिलाकै आधारमा आउँछ, नक्कली नोट भने कुच्चीनै रहन्छ।

    नक्कली नोट बिजाएर गणना गर्दा पनि थाहा हुन्छ नक्कली भिज्छ, सक्कली त्यती भिज्दैन, भिजे पनि गल्दैन।

    बढ्यो नक्कली नोटको बिगबिगी, कसरी चिन्ने सक्कली र नक्कली ? कुमार चौलागाई

    -नेपालमा नक्कली नोटको कारोबार त्यति नहुने भए पनि पछिल्लो समय भने बजारमा नक्कली नोटको बिगबिगी बढ्न थालेको छ । केही समयअघि मात्र पोखरामा नक्कली नोट भेटिएको थियो । त्यसैगरी, झापामा पनि हालै नक्कली नोट देखा परेको छ । नेपालमा नक्कली नोटको समस्या त्यति नआउने भए पनि पछिल्लो समय भने नक्कली नोटको कारोबार बढेको देखिएको हो । तर, यस्तो समस्या आउँदैन भनेर ढुक्क भएर बस्ने अवस्था भने नभएको राष्ट्र बैंकको ठहर छ ।
    नक्कली नोटको आशंका हुनेबित्तिकै राष्ट्र बैंकले त्यसलाई तुरुन्तै जफत गर्छ । जस कारण नक्कली नोटको प्रभाव कम हुन्छ । राष्ट्र बैंकले नक्कली नोटको पहिचान गर्न विभिन्न प्रचार–प्रसार कार्यक्रम तथा तालिमहरू दिँदै आएको छ । बजारमा नक्कली नोट देखा पर्न थालेपछि राष्ट्र बैंक प्रचार–प्रसारमा सक्रिय भएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘नक्कली नोट पहिचानका लागि राष्ट्र बैंकले विभिन्न तालिम तथा प्रचार–प्रसार गर्दै आएको छ ।’ ‘एक दुई सातामा नक्कली नोट पहिचानका लागि तालिम दिँदै छौं,’ उनले भने । केही स्थानमा फाटफुट मात्रामा देखिएका नक्कली नोटले त्यति ठूलो असर नगर्ने सहायक प्रवक्ता पण्डितले बताए, राजधानी दैनिकमा खबर छ ।
    यसरी चिन्न सकिन्छ नक्कली नोट

    नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।

    – नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।

    – १ सय, ५ सय र १ हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।

    – नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएकोजस्तो देखिन्छ ।

    – नेपाली नोट शतप्रतिश कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।

    सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...