प्युठान। प्युठानका माडी र लुङ्ग्री खोला किनारमा भेटिएका पाँच वटा शव रोल्पा पहिरोका बेपत्ताको रहेको खुलेको छ ।
प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा गएको पहिरोले बगाएर ल्याएका व्यक्तिहरूका रहेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले ती मृतक रोल्पाको पहिरोमा बगेर बेपत्ता भएकाहरूको रहेको खुलेको पुष्टि गरे ।
उनका अनुसार ती शव थबाङ गाउँपालिका–५ कोटलबाराका ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुन मगर, ३४ वर्षीया विष्णु पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको खुलेको छ । उनीहरूका आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा, स्वर्गद्वारी–३ किमिचौर र स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा तीनवटा शव फेला परेका थिए ।
त्यसपछि स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनार र माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा थप एक–एकवटा शव फेला परेका थिए ।
प्रहरीका अनुसार पाँचै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो
प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो
Advertisement
तपाईको प्रतिक्रिया