• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • प्युठान — स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको शनिबार साँझ सवारी दुर्घटनामा निधन भएपछि राना परिवारमाथि परेको अर्को बज्रपातले सिंगो स्वर्गद्वारी शोकमा डुबेको छ। पछिल्ला सात वर्षमा एउटै परिवारका तीन दाजुभाइको असामयिक निधन भएको हो।

    Advertisement

    ५१ वर्षीय मीनराज नगरपालिकाको योजना अनुगमनका क्रममा आफैंले चलाएको सरकारी बोलेरो दुर्घटनामा परेका थिए। उपचारका लागि भिंग्री ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    यसअघि उनका साइला भाइ भीम रानाको २०७५ असोजमा ३८ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो। त्यसको करिब अढाई वर्षपछि, २०७७ चैतमा माइला भाइ योगेश राना ४१ वर्षको उमेरमा जन्डिसका कारण बितेका थिए। लगातार तीन दाजुभाइ गुमाएपछि राना परिवार गहिरो शोकमा परेको छ।

    तीनै दाजुभाइ राजनीतिमा सक्रिय थिए। स्थानीयका अनुसार उनीहरू समाजसेवा, जनसरोकार र संगठन निर्माणमा समर्पित थिए। योगेश रानाले भिंग्री–जलुकेमा हिमालय होटल सञ्चालन गर्दै व्यवसायसँगै सामाजिक गतिविधिमा पनि सक्रिय भूमिका खेलेका थिए।

    मीनराज राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य थिए। स्वर्गद्वारी–२ वाङ्गेसल्ला स्थायी घर भएका उनी जलुकेमा बस्दै सानो व्यवसाय पनि गर्दै आएका थिए। उनका भाइ भीम विद्यार्थी राजनीतिबाट उदाएका नेता थिए। उनी अखिल (छैटौं) का जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य तथा रक्तिम सांस्कृतिक अभियानका कलाकारका रूपमा परिचित थिए।

    उपप्रमुख रानाको निधनपछि अखिल (छैटौं) का केन्द्रीय अध्यक्ष सुवास जिसीले सामाजिक सञ्जालमार्फत उनलाई ‘परिवारको खम्बा, समाजको मार्गदर्शक र पार्टीको जिम्मेवार सिपाही’ का रूपमा स्मरण गरेका छन्। उनले अन्तिम क्षणसम्म जनताको सेवामा समर्पित जीवन बिताएको उल्लेख गर्दै उनका अधुरा सपना पूरा गर्ने जिम्मेवारी साथीहरूको काँधमा आएको बताएका छन्।

    अखिल (छैटौं) का पूर्वकेन्द्रीय अध्यक्ष विमल पोखरेलले पनि रानाको निधनलाई सुसंस्कृत राजनीतिका एक युवा नेतृत्वको असामयिक अवसानको संज्ञा दिएका छन्। उनले समाज परिवर्तनका लागि तीन दाजुभाइले गरेको योगदान सधैं स्मरणीय रहने बताएका छन्।

    परिवारमा कान्छा भाइ लोकेन्द्र र एक बहिनी मनिषा छन्। मीनराजका श्रीमती र तीन छोरा छन्।

    मीनराज २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वर्गद्वारी–२ का वडाध्यक्ष निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट उपप्रमुख निर्वाचित भएपछि उनले स्थानीय विकास, पूर्वाधार निर्माण र जनताका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

    उनको निधनपछि स्वर्गद्वारी नगरपालिका, स्थानीय राजनीतिक वृत्त र जिल्लाभर शोकको वातावरण बनेको छ। विभिन्न राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।

    उपप्रमुख रानाको सम्मानमा स्वर्गद्वारी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। भिंग्रीस्थित नगरपालिकाको कार्यालयमा आयोजित शोकसभामा नगरप्रमुख टेकप्रसाद भण्डारीले रानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम सम्मान अर्पण गरेका थिए।

    पारिवारिक स्रोतका अनुसार रानाको अन्त्येष्टि आइतबार स्वर्गद्वारी नगरपालिका–२ स्थित धनवाङ खोलामा गरिनेछ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation