• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न


  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • दाङ। दाङको राप्ती गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि तथा पशुपालनको आधुनिकीकरण, उद्यमशीलता विकास र रोजगारी–स्वरोजगारीका अवसरबारे जानकारी दिने उद्देश्यले आयोजित ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ सम्पन्न भएको छ।
    गाउँपालिकाको आयोजना तथा गुड नेबर्स इन्टरनेशनल नेपाल, आत्मनिर्भर केन्द्र र संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिटाट) को सहकार्यमा गाउँपालिका परिसरमा सम्पन्न प्रदर्शनीमा कृषि उत्पादन, कृषि औजार तथा आधुनिक प्रविधि, उन्नत जातका पशुपन्छी, स्थानीय हस्तकला र लघु उद्योगका उत्पादनसहित ३७ वटा स्टल राखिएका थिए।
    प्रदर्शनीमा स्थानीय कृषक, उद्यमी, विद्यार्थी, बैंक, कृषि सहकारी संस्था तथा विभिन्न सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो।
    उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कृषि, पशुपालन र उद्यमशीलतालाई एकीकृत रूपमा अघि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले उत्पादनमुखी कृषि र स्थानीय उद्यममार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उल्लेख गर्दै स्थानीय उत्पादनको प्रयोग र बजारीकरणमा जोड दिए।
    प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन, नवीन प्रविधिको हस्तान्तरण र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कृषि र उद्यम क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
    प्रदर्शनीमा सहभागीहरूले कृषि तथा पशुपालन क्षेत्रमा प्रयोग भइरहेका आधुनिक प्रविधि, स्थानीय उत्पादन तथा उद्यम गतिविधिबारे जानकारी लिएका थिए। कार्यक्रमले कृषक, उद्यमी र सरोकारवाला निकायबीच अनुभव आदानप्रदानको अवसरसमेत दिएको गाउँपालिकाले जनाएको छ।
    यसैबीच, गाउँपालिकाले उत्कृष्ट गहुँ उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत प्रतिएकाइ क्षेत्रफलमा सबैभन्दा बढी उत्पादन गर्ने कृषक छनोट गरी सम्मान गरिएको हो।
    पुरस्कृतमध्ये वडा नं. ९ की लक्ष्मी उलुङ्गे प्रथम, वडा नं. ६ का धनराज चौधरी द्वितीय र सोही वडाका सुकदेव चौधरी तृतीय भएका छन्। उनीहरूलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगदसहित मकै रोप्ने मेसिन, कोदालो र सम्मानपत्र प्रदान गरिएको कृषि शाखाले जनाएको छ। सान्त्वना प्राप्त चार कृषकलाई समेत मकै रोप्ने मेसिन, कोदालो र सम्मानपत्र प्रदान गरिएको छ।
    करिब ६ सय जनाले अवलोकन गरेको प्रदर्शनीले स्थानीय उत्पादन प्रवर्द्धन, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    Advertisement

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation