• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ–मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार अघि बढेको बताउनुभएको छ ।
    तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरस्थित मदन बाबा भक्ति केन्द्रमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राचीन सभ्यता र मानव विकाससँग जोडिएका स्थलहरूको प्रवद्र्धनबाटै प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभयो ।
    उहाँले लुम्बिनी प्रदेशलाई देवभूमि, तपोभूमि र ज्ञानको भण्डारको रूपमा चित्रण गर्दै यस क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने योजनाअनुसार काम अघि बढाइएको जानकारी दिनुभयो ।‘धार्मिक पर्यटक भित्र्याउने पर्याप्त आधारहरू छन् । आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि प्राचीन सम्पदाको संरक्षण अपरिहार्य छ,’उहाँले भन्नुभयो ।
    कार्यक्रममा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको समग्र विकासका लागि ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो । उहाँले सरयू नदी द्वापर युगसँग सम्बन्धित रहेको तथा सुकौरास्थित दंगिशरण दरबारमा छैटौं शताब्दीका प्राचीन सामग्री फेला परेको स्मरण गराउँदै यस क्षेत्रको पहिचान र विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
    भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले धार्मिक पर्यटकीय स्थलहरूमा आवश्यक पूर्वाधार विकास र सुविधा विस्तारका लागि एकीकृत योजना आवश्यक रहेको बताउनुभयो । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
    त्यस्तै, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले लुम्बिनी प्रदेशको दीगो विकासका लागि धार्मिक स्थललाई पर्यटनसँग जोडेर अघि बढ्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मदन बाबाले २७ फिट अग्लो शिव भगवानको मूर्ति, महालक्ष्मी मन्दिर, वीरभद्र भगवानको मूर्ति निर्माण, स्थलसम्म पुग्न सिँढी निर्माण, पुष्प वाटिका स्थापना लगायतका योजनासहित धार्मिक केन्द्र विकास गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
    उहाँले सितलपुर बबई (सरयू गङ्गा) नदीमा माघे स्नानको अवसरमा कुम्भ मेलाजस्तै धार्मिक मेला आयोजना गरी उक्त क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने योजना पनि सुनाउनुभयो ।
    कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, प्रदेशसभाका पूर्व सदस्य अर्जुन गिरी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति देवेन्द्र रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति अर्जुन केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    वडा अध्यक्ष मानबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा अध्यक्ष मोहन पौडेलले गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation