• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • बिराटनगर। मोरङ जिल्ला क्षेत्र नं. ६ मा यतिबेला चुनावी सरगर्मी चरममा छ। तर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विनोद ढकाल का लागि यो चुनावी मौसम दोहोरो पीडासहित आएको छ। १०१ वर्षको उमेरमा बुबा विष्णुप्रसाद ढकालको निधन र फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन—दुवै जिम्मेवारी एकैसाथ उनको काँधमा छन्।
    ढकाल यतिबेला हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरी कोरामा छन्। घरभित्र धार्मिक विधि चलिरहँदा घरबाहिर चुनावी माहोल तातेको छ। मतदातामाझ पुग्न नसकेको पीडाले उनलाई झन् मौन बनाएको निकटवर्तीहरू बताउँछन्।
    केही दिनअघि उनले कोराभित्रबाटै भिडियो सन्देश जारी गर्दै भनेका थिए, “शारीरिक रूपमा तपाईँहरूबीच आउन सकिरहेको छैन, तर मेरो मन तपाईँहरूसँगै छ। बुबाको शोक र तपाईँहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्।”
    उम्मेदवार स्वयं अभियानमा ननिस्कँदा चुनावी गति सुस्त हुने अनुमान गरिएको थियो। तर ढकाल परिवारले त्यो अनुमान उल्ट्याइदिएको छ। उनका दुई छोरी—जेठी सुरभी र कान्छी सौरभी—यतिबेला घरदैलो अभियानको अग्रपंक्तिमा छन्।
    इटालीबाट सस्टेनेबल नेचुरल रिसोर्स म्यानेजमेन्टमा स्नातकोत्तर गर्दै गरेकी सुरभी र हालै बीएएलएलबी सकेकी सौरभी बिहानै उठेर बुबाको आशीर्वाद लिन्छन् र प्रतिबद्धतापत्र बोकेर मतदाताको घर–घर पुग्छन्। उनीहरूको हातमा कागजी प्रतिबद्धता मात्र छैन, बुबाको राजनीतिक यात्रा र इमान्दारिताको कथा पनि छ।
    घरदैलोमा उनीहरू भन्छन्, “हाम्रो बुबा अहिले तपाईँहरूको आँगनमा आउन सक्नुभएन। उहाँको तर्फबाट हामी आएका हौं। उहाँको सपना पूरा गर्न साथ दिनुहोस्।”
    मतदाताहरू सुरुमा अचम्म मान्छन्—“विनोद दाइ खोइ?” भन्ने प्रश्न आउँछ। जब छोरीहरूले “हजुरबुबा बित्नुभयो, बुबा किरियामा हुनुहुन्छ” भन्दै विनम्रतापूर्वक हात जोड्छन्, माहोल एकाएक भावुक बन्छ।
    एक स्थानीय वृद्धा आमाले आँसु पुछ्दै भनिन्, “बाउको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिँडेका छन्। धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो।”
    राजनीतिक रूपमा असहमत मतदाताहरू पनि यो दृश्यले नरम बनेको स्थानीयहरू बताउँछन्। धेरैको बुझाइ छ—“जसका छोरीहरू यति जिम्मेवार छन्, त्यो बाबुले समाजका लागि पनि राम्रै सोच राखेका होलान्।”
    ढकाल कोरामा मौन छन्। तर उनका छोरीहरूको पाइला त्यो मौनतालाई अभियानमा रूपान्तरण गरिरहेको छ। पितृशोकको घडीमा देखिएको यो सक्रियताले चुनावी प्रतिस्पर्धालाई भावनात्मक आयाम दिएको छ।
    एक मतदाता भन्छन्, “हिजोसम्म विनोद दाइ आफैं आउनुहुन्थ्यो। अहिले उहाँ शोकमा हुनुहुँदो रहेछ। आज उहाँका छोरीहरू बुबाका लागि भोट माग्दै हिँड्दा मन छोएको छ। यो केवल राजनीति होइन, परिवारको संस्कार र जिम्मेवारी पनि हो।”
    मोरङ–६ मा चुनावी समीकरण कस्तो बन्छ भन्ने निर्णय मतपेटिकाले गर्नेछ। तर शोकबीच छोरीहरूले सम्हालेको यो अभियानले मतदाताको मन भने छुन थालेको छ।

    Advertisement

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation