• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा


  •   बुधबार, माघ २९, २०८२ मा प्रकाशित
  • गुल्मी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल सहितको उच्चस्तरीय टोलीले गुल्मी जिल्लामा पुगेर सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन तथा आवश्यक समन्वय बैठक सम्पन्न गरेको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ गरिएको उक्त अनुगमनका क्रममा टोलीले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएको हो ।
      महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ गुल्म गुल्मीमा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग विस्तृत छलफल गरेका थिए । छलफलका क्रममा जिल्लाको भौगोलिक अवस्था, सम्भावित सुरक्षा चुनौती, मतदान केन्द्रहरुको संवेदनशीलता वर्गीकरण, जनशक्ति परिचालन योजना, तथा अन्तर निकाय समन्वयका विषयमा जानकारी आदानप्रदान गरिएको थियो ।
      उनले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, सूचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिन पूर्वतयारी सुदृढ गर्न निर्देशन दिए । महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, अनुशासन र निष्पक्षता कायम राख्न जोड दिए ।
       उक्त अवसरमा उनले गुल्ममा कार्यरत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्वाचन सुरक्षासम्बन्धी समयसापेक्ष निर्देशन दिए । मतदान केन्द्र, मतपेटिका सुरक्षा, भीड व्यवस्थापन, सम्भावित विवाद समाधान तथा आकस्मिक परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरे ।
       निर्वाचन अनुशिक्षण तालिम प्राप्त प्रहरीहरुको पिरमर्का तथा अनुभव समेत बुझ्दै उनले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न विशेष जोड दिएका थिए ।
       निष्पक्ष र भयरहित वातावरण निर्माण गर्नु सुरक्षा कर्मीको प्रमुख दायित्व भएको अर्यालले बताए । महानिरीक्षक अर्याल सहित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति दिपेन्द्र कुवंर समेतको टोलीले जिल्लाको वस्तुस्थिति अवलोकन गरेको हो ।
      टोलीले सुरक्षा पोष्ट, संवेदनशील क्षेत्र तथा आवश्यक पूर्वाधारको निरीक्षण गर्दै जनशक्ति र साधनस्रोत पर्याप्तताको मूल्यांकन गरेको थियो । अनुगमनका क्रममा स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँगको समन्वय सुदृढ बनाउँदै संयुक्त रूपमा कार्ययोजना प्रभावकारी कार्यान्वयनमा लैजान निर्देशन दिइएको जनाइएको छ ।
        निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षात्मक रणनीति, गस्ती परिचालन, द्रुत प्रतिक्रिया टोलीको तयारी तथा संचार संयन्त्रलाई सक्रिय अवस्थामा राख्न विशेष ध्यान दिइएको छ । उच्चस्तरीय अनुगमनले जिल्लामा निर्वाचन सुरक्षाप्रति सुरक्षा निकाय गम्भीर र प्रतिबद्ध रहेको सन्देश दिएको छ ।
       निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । जिल्लाको अवलोकन पश्चात टोली अन्य जिल्लाको अवलोकन तथा जानकारी लिन फर्किएको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरीक्षक सुदिप प्रर्साइले बताए ।

    Advertisement

    बुधबार, माघ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation