• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग


  •   मङ्गलबार, माघ २८, २०८२ मा प्रकाशित
  • बिर्तामोड । वर्षौंदेखि बर्खामा हिलो र हिउँदमा धुलो सहँदै आएका बिर्तामोडस्थित हर्कलाल मार्गका बासिन्दाले बल्ल राहत महसुस गरेका छन्। मुक्तिचोक–भद्रपुर सडकको वैकल्पिक मार्गका रूपमा रहेको यो सडक कालोपत्रे भएपछि स्थानीयको दैनिकी सहज बनेको छ भने क्षेत्रको स्वरूपसमेत फेरिएको छ।
    बिहानदेखि बेलुकासम्म उड्ने धुलोले घरभित्रका ओछ्यान, सिरक र सामान पुरिने अवस्थाबाट हैरान बनेका स्थानीय अहिलेको अवस्थालाई ‘स्वर्गजस्तै’ भनी वर्णन गर्छन्। बीएण्डसी हस्पिटल पूर्व देउराली होटलदेखि दक्षिण भद्रपुर सडक जोड्ने हर्कलाल मार्गको निर्माण अन्तिम चरणमा पुगेको छ।
    संघीय सरकारको ८ करोड ७२ लाख रुपैयाँ लागतमा ड्रेनसहित ४.१ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। अब करिब २०० मिटर सडक मात्र बाँकी रहेको र त्यसका लागि कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरी काम अघि बढाइसकेको जनाइएको छ। ४० फिट चौडा सडक बनेपछि ठूला सवारीसाधन र दक्षिणी क्षेत्रतर्फ जाने यात्रुहरूका लागि यो मार्ग सहज विकल्प बनेको छ।
    स्थानीय व्यवसायी गमबहादुर मगरका अनुसार पहिले दिनभर धुलोमा पुरिएर बस्नुपर्थ्यो। ‘राति सुत्ने ओछ्यानसम्म धुलो पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले कालोपत्रे भएपछि घर अगाडि बस्न र हिँडडुल गर्न समस्या छैन। बाटो यस्तो राम्रो बन्ला भन्ने सोचेकै थिएनौँ।’
    धुलोकै कारण धेरै स्थानीयमा स्वास्थ्य समस्या देखिएको अर्का व्यवसायी तेजप्रसाद उप्रेती बताउँछन्। ‘ती दिन सम्झिँदा अहिले पनि कहाली लाग्छ,’ उनले भने, ‘धेरै वर्षपछि बल्ल ढुक्क हुन पाइयो। बाँकी रहेको काम पनि छिट्टै सकिनुपर्छ।’
    किराना व्यवसायी हेमप्रसाद नेपालले धुलोका कारण सामान जोगाउन दिनभर पानी छर्कनु पर्ने अवस्था रहेको स्मरण गरे। ‘अहिले भने ढुक्कले व्यापार गर्न पाइएको छ,’ उनी भन्छन्।
    यातायातकर्मीहरू पनि सडक बनेपछि खुसी देखिन्छन्। अटो चालक लीला अधिकारी भन्छन्, ‘पहिले धुलो र खाल्डाले गर्दा यहाँ आउनै मन लाग्दैनथ्यो, अहिले सजिलै यात्रु बोकेर आउन सकिन्छ।’ ठेला चालक हासिम मोहम्मत समिमका अनुसार बाटो चिल्लो भएपछि सामान ओसार्न धेरै सजिलो भएको छ।
    तीन दशकको प्रतीक्षा
    हर्कलाल मार्गको इतिहास वि.सं. २०४८ सालदेखि जोडिएको छ। ९० वर्षीय जीवनाथ तिम्सिनाका अनुसार सुरुमा डोरी तानेर बाटो नाप्दा उनी आफैं सहभागी थिए। ‘पहिले महाविजोग थियो,’ उनी भन्छन्, ‘अघिल्लो निर्वाचनमा देवराज घिमिरेलाई बाटो बनाउने सर्तमा जिताएका थियौँ, अहिले प्रतिबद्धता पूरा भयो।’
    स्थानीय अगुवा राजेन्द्र संग्रौलाका अनुसार प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेको विशेष पहलले सडक निर्माण सम्भव भएको हो। ‘यो सडक बन्नुमा उहाँको भूमिका ठूलो छ,’ उनले भने। अर्का अगुवा टेकनाथ नेपालले स्थानीय प्रतिनिधिले चासो लिँदा विकास देखिने उदाहरणका रूपमा हर्कलाल मार्गलाई उल्लेख गरे।
    स्थानीय प्रमिला चौधरी, फर्निचर व्यवसायी नारायण राई र रीता तिम्सिनालगायतले सडक बनेपछि व्यापारिक गतिविधि बढेको र बालबालिकालाई विद्यालय लैजान सजिलो भएको बताए। उनीहरूले बाँकी रहेको २०० मिटर सडक पनि चाँडै सम्पन्न गर्न सरोकारवालासँग माग गरेका छन्।
    झण्डै तीन दशकपछि आधुनिक स्वरूप पाएको हर्कलाल मार्गले बिर्तामोडको सहरी विस्तार र स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ।

    Advertisement

    मङ्गलबार, माघ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation