• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक


  •   शुक्रबार, माघ २४, २०८२ मा प्रकाशित
  • गुल्मी । कुनै बेला बिशेषज्ञ डक्टर अभावको मुख्य चुनौती रहेको गुल्मी अस्पतालमको मुख्या समस्या भवन अभाव रहेको छ । अहिले धेरै बिशेषज्ञ डक्टरहरु भएपनि संरचना अभाव मुख्य चुनौतीका रुपमा रहेको छ । यसवर्ष गुल्मी अस्पतालले स्वास्थ्य सेवाका न्यूनतम सेवा पूरा गर्दै लुम्बिनी प्रदेशमै अब्बल अस्पतालको रूपमा आफ्नो स्थान बनाएको छ । भौतिक संरचनाको अभावका बीच पनि सेवा प्रवाहमा निरन्तर सुधार ल्याउँदै अस्पतालले आर्थिक वर्ष ०८२÷०८३ को मूल्याङ्कनमा ९१ प्रतिशत अंक प्राप्त गरी उत्कृष्टता हासिल गरेको हो।
    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मूल्याङ्कन टोलीमा प्रमुख अर्घाखाँची असपतालका प्रमुख डा. जगन्नाथ तिवारी, प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अच्युत शर्मा न्यौपाने, डा. शिशिर गिरी तथा सन्देश पौडेलले २ दिनसम्म मूल्याङ्कन गरेका थिए । मूल्याङ्कनका क्रममा अस्पतालको विगत र वर्तमान अवस्थाको तुलनात्मक अध्ययन गरिएको थियो । टोली प्रमुख डा. जगन्नाथ तिवारीले विगतको तुलनामा गुल्मी अस्पतालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनले धेरै क्षेत्रमा प्रगति देखिए पनि भौतिक संरचनाको अभावका कारण साँघुरा कोठाबाट सेवा विस्तार गर्नुपरेको अवस्थाप्रति प्रशंसा व्यक्त गरे ।
    भौतिक संरचना अभाव नै अस्पतालको थप प्रगतिमा प्रमुख अवरोध बनेको तथ्य मूल्याङ्कनबाट स्पष्ट भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको मूल्याङ्कनमा पनि गुल्मी अस्पतालले ९१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशमा तेस्रो स्थान हासिल गरेको थियो । यस वर्ष पनि सोही अंक प्राप्त गर्नुले अस्पतालले सेवाप्रवाहलाई अझ स्तरीय बनाउने दिशामा निरन्तर प्रयास गरिरहेको संकेत मूल्याङ्कन नतिजाले दिएको छ । मूल्याङ्कन नतिजा सार्वजनिक कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. विभव बस्यालले हालसम्म भएका प्रगति, सामना गरिरहेका चुनौती र भावी योजनाबारे विस्तृत प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पछिल्लो समय गुल्मी अस्पतालले हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गरे । उनले निर्माणाधीन अस्पताल भवन छिटो सम्पन्न हुनु सबैको चासोको विषय रहेको बताए ।
    उनले नयाँ भवन सम्पन्न भएपछि अस्पतालले अझ बढी अंक ल्याउँदै सेवा प्रवाहको गुणस्तर निरन्तर कायम राख्नुपर्नेमा जोड दिए । मेडिकल सुपरिटेन्डेण्टसमेत रहेका अस्पताल प्रमुख डा. बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफूहरूले प्रदान गरिरहेका सेवामा कहाँ कमजोरी छन् र तिनलाई कसरी सुधार गर्न सकिन्छ भन्ने स्पष्ट मार्गदर्शन मिलेको बताए । सबैको सहयोगकै कारण आजको अवस्थामा पुग्न सफल भएको भन्दै उनले धन्यवाद व्यक्त गरे । तर भौतिक संरचनाको अभावले उत्कृष्ट सेवाप्रवाहमा समस्या भइरहेको यथार्थसमेत उनले औँल्याए ।
    गुल्मी अस्पताललाई थप उचाइमा पु¥याउन मुख्य चुनौती नै भौतिक संरचना रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले निर्माणाधीन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाह अझ सहज हुनेमा जोड दिएका थिए । कार्यक्रममा सरोकारवालाहरूले अस्पतालको विकास र सेवा विस्तारसम्बन्धी आ–आफ्ना सुझावसमेत प्रस्तुत गरेका थिए । हाल गुल्मी अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग विशेषज्ञ सेवा, हेमोडायलाइसिस सेवा लगायत विभिन्न विशेषज्ञ सेवाहरू विस्तार भइसकेका छन् । गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार प्रत्येक वर्ष हुने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा अस्पतालको समग्र अवस्था निर्धारण हुने बताए । भौतिक संरचनाको अभावका बाबजुद पनि गुल्मी अस्पताल निरन्तर अब्बल सावित हुँदै आएको छ ।
    हाल अस्पतालको अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पुरानो भवनका साँघुरा कोठाबाट समेत विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ०७१ सालमै ५० शैयामा स्तरवृद्धि गरे पनि भौतिक संरचनाको कमीका कारण पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन् । निर्माणाधीन पाँचतले नयाँ भवनमा आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचार कक्ष छुट्टाछुट्टै व्यवस्थासहित सञ्चालन हुने योजना रहेको छ । हाल बाल रोग, प्रसूति तथा हाडजोर्नी विशेषज्ञ सेवाको विस्तारपछि सयौँ बिरामीहरूले जिल्लामै सहज रूपमा सेवा लिन पाएका छन् ।
    पहाडी जिल्लामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक आउन नमान्ने समस्या रहेकाले रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएर विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको छ । यसले गुल्मी अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको सरोकारवालाहरूको भनाइ छ। भौतिक संरचनाको समस्या समाधान भएसँगै गुल्मी अस्पतालले अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    शुक्रबार, माघ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    भर्खरै

    • १.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ३.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ४.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ५.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ७.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ८.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation