दाङ– अब दाङमै क्यान्सर उपचार सेवा सुरु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार तथा सेवा विस्तारका लागि सम्झौता भएको हो।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालका अनुसार सम्झौतापछि दाङमै क्यान्सरको प्रारम्भिक जाँच, परामर्श तथा उपचार सेवा उपलब्ध हुनेछ। यसले क्यान्सरका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।
सम्झौतामार्फत विशेषज्ञ सहयोग, प्रविधि आदान–प्रदान र सेवा विस्तारमा सहकार्य हुने बताइएको छ।
Advertisement