• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

गढवामा खसीबोकाको सामूहिक बजारीकरण, किसानलाई सहजता

  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • दाङ(गढवा)। गढवा गाउँपालिकामा पहिलोपटक खसीबोकाको सामूहिक बजारीकरण सुरु भएको छ। भिटा परियोजना अन्तर्गत गठन भएको श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँगाउँमा पुगेर खसीबोका खरिद गर्न थालेको हो।
    गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत किसानका घरमै पुगेर ९२ वटा खसीबोका खरिद गरिएको सहकारी संस्थाकी अध्यक्ष शोभा रावत क्षेत्रीले जानकारी दिनुभयो। कुल २ हजार ७ सय ६० किलो खसीबोका १४ लाख ६२ हजार ८ रुपैयाँ बराबरमा खरिद गरिएको उहाँको भनाइ छ।
    “एउटा-दुईवटा खसीबोका पाल्ने किसानलाई बेच्ने चिन्ता हुन्थ्यो। अब भने सहकारीमार्फत सामूहिक रूपमा बजार व्यवस्थापन हुँदा सजिलो भएको छ,” अध्यक्ष रावतले बताउनुभयो।
    भिटा परियोजना संयोजक बसन्त कुमार शर्माका अनुसार सहकारीले तौलअनुसार मूल्य निर्धारण गरेर खरिद गरेको हो। २० किलोभन्दा कम तौलका खसीबोका प्रतिकिलो ४७०, २० देखि ३० किलोसम्मका ५३०, ३० देखि ४० किलोसम्मका ५४० र ४० किलोभन्दा माथिका ५५० रुपैयाँमा खरिद गरिएको छ।
    गाउँपालिकाले नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरे पनि जेन–जी आन्दोलनलाई कारण देखाउँदै कम्पनीले खरिद नगरेपछि सहकारीमार्फत बाह्य व्यापारीसँग समन्वय गरेर खसीबोका काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।
    “पहिले व्यापारीले आफैं मूल्य तोक्ने र किसानलाई ठग्ने अवस्था थियो। अब भने किसानले ढुक्कसँग घरमै खसीबोका बेच्न पाएका छन्,” गढवा–२ की कृषक कमला चौधरीले बताउनुभयो।
    महिला उद्यमी र किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भइसकेका गढवामा अहिले उत्पादनसँगै बजार व्यवस्थापन सहज बनाउन स्थानीय सरकार र सहकारीबीच सहकार्य बढाइएको छ।
    गत वर्ष मदाने चिस्यान केन्द्र, रुपन्देहीमा खसीबोका पठाइएकोमा यसपटक काठमाडौं पठाइएको छ। सहकारीले सबै वडामा सामूहिक बजारीकरण विस्तार गर्ने योजना बनाएको जनाएको छ।

    Advertisement

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation