सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकाले अबदेखि आफ्ना सम्पूर्ण सरकारी सवारी साधन कार्यालयमै राख्ने र ती गाडी कार्यालयको कामकाजमा मात्र प्रयोग हुने व्यवस्था लागू गरेको छ।
नगर प्रमुख उमेश कुमार पौडेलले जारी गरेको निर्देशनअनुसार, लगबुकमा दर्ता गरेर मात्र सवारी साधन प्रयोग गर्न पाइनेछ। यस कदमले अनावश्यक खर्च घटाउने, पारदर्शिता बढाउने र सरकारी स्रोतको उचित उपयोग सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार, आन्तरिक आम्दानीले हालको चालु खर्च धान्न नसकेको र जनचाहनाअनुसार सरकारी खर्च मितव्ययी बनाउनु आवश्यक भएकाले यो व्यवस्था लागू गरिएको हो।
Advertisement