प्यूठान । सरूमारानी गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बीच खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी आयोजना सञ्चालन गर्ने सम्झौता भएको छ।
गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा र नेवा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेश दाहालबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्ष ०८२/०८३ मा १८५ घरधुरीमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्ने जनाएको छ। यसका लागि तीन वटा खानेपानी आयोजना कार्यान्वयनमा ल्याइनेछ।
संझौतामा सरूमारानी–३ स्थित दुमई खानेपानी आयोजना, सरूमारानी–४को डुम्रीखोला धनकोट खानेपानी आयोजना,
र सरूमारानी–६ क्क चप्ली खोला बुढीचौर खानेपानी आयोजनालाई सम्पन्न गर्ने उल्लेख छ।
यी आयोजना सम्पन्न भएपछि सरूमारानी गाउँपालिकाका बासिन्दाले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतामा प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण आचार्य, वडा नम्बर ३, ४ र ६ का वडा अध्यक्षहरू, गाउँपालिका इन्जिनियर, योजना शाखा प्रमुख, नेवाका योजना अधिकृत विनोद कोईराला र प्राविधिक कर्मचारीहरूको उपस्थिति थियो।
सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता
सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता

Advertisement
तपाईको प्रतिक्रिया