दाङ — दाङमा जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ। थप तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।
राप्ती गाउँपालिका–१ का ६० वर्षीय पुरुषको भदौ २ गते बुटवलस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो चालु आर्थिक वर्षमा जिल्लामा जेईबाट मृत्यु भएको पहिलो घटना हो।
संक्रमितमध्ये राप्ती–६ का ११ वर्षीय बालक, गढवा–६ का ३६ वर्षीय पुरुष र तुलसीपुर–१२ की २६ वर्षीय महिलाको उपचार भइरहेकाे छ।
स्वास्थ्य कार्यालयका अनुसार लामखुट्टेको टोकाइबाट बच्न मच्छरदानी प्रयोग, सरसफाइ र खोप नै रोग नियन्त्रणको मुख्य उपाय हो।
यसैबीच, राप्ती गाउँपालिकामा ज्वरो आएका १६ जनाको रगत संकलन गरी काठमाडौंस्थित प्रयोगशालामा पठाइने भएको छ।
Advertisement