• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

व्यवसायीलाई पर्यटनमन्त्रीको आग्रह–संघर्ष होइन, सहजीकरण समिति बनाउनुस्


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • भैरहवा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बनेको संघर्ष समितिलाई सहजीकरण समितिमा रूपान्तरण गर्न व्यवसायीलाई आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा उनले संघर्षको बाटोबाट वातावरण बिथोलिने भएकाले सहजीकरणमार्फत अघि बढ्नुपर्ने बताए । ‘कसैले नचलेको एअरपोर्ट चलाउन सक्छ भने किन नदिने ? यो एअरपोर्ट चल्छ, गुल्जार भएर चल्छ,’ मन्त्री पाण्डेले भने, ‘सुरुमा संसारका कुनै पनि एअरपोर्ट गुल्जार हुँदैनन् ।’
    उनले निजी क्षेत्रलाई नियमन गर्ने तर निषेध नगर्ने नीतिमा सरकार रहेको उल्लेख गर्दै लगानीलाई सहज बनाउन राज्य तयार रहेको धारणा राखे । मन्त्री पाण्डेले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङलाई प्रभावकारी बनाउन नेपाल एअरलायन्ससँग कुरा गर्ने प्रतिवद्धता जनाए ।
    कार्यक्रममा सिद्धार्थनगर नगर प्रमुख इश्तियाक अहमद खाँले विमानस्थल सञ्चालनका लागि संघर्ष समिति गठन गर्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले लुम्बिनीको विकास मुलुककै विकाससँग जोडिएको भएकाले विमानस्थल सञ्चालन हुनैपर्नेमा जोड दिए ।
    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले विमानस्थल चल्छ कि चल्दैन भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए । गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भिसा, श्रम स्वीकृति, म्यानपावर र मान्यता प्राप्त स्वास्थ्य संस्थाको अभावले नियमित अन्तर्राष्ट्रिय उडानमा अवरोध भएको जानकारी दिए ।
    निजी क्षेत्रका प्रतिनिधिहरुले सरकारले नेतृत्व गर्न नसके जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने धारणा राखे । संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले ‘संघर्षको विकल्प छैन’ भने, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले कर्मचारीतन्त्रको इच्छाशक्ति अभावमै विमानस्थल अल्झिएको प्रश्न गरे ।
    पर्यटन व्यवसायीहरुले विमानस्थल सञ्चालन नभए निजी क्षेत्रको अर्बौं लगानी डुब्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारले आश्वासनभन्दा ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

    Advertisement

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation