सम्झौताअनुसार विल्डर्सले ३ वर्षअघि नै सडक विस्तार र कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन । अझै पनि ६ सय ३० मिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ ।
Advertisement
सडकको स्तरोन्नति गर्न ढिलाइ गर्दा सर्वसाधरणले सास्ती थेग्न नसकेर विभिन्न समयमा आन्दोलनसमेत गर्नुपरेको थियो । ठेकेदारले दशैंअगाडि जुनसुकै हालतमा सडकको बाँकी खण्ड कालोपत्रे गर्ने भने पनि त्यो काम नहुने पक्कापक्की जस्तै भएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।