नेकपा एसमा बामदेव गौतम तेस्रो वरीयतामा
Advertisement
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले वरिष्ठ नेता बामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाएको छ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले गौतमको वरीयता निर्धारणसँगै तुलसी थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यमा चयन गरेको हो। त्यस्तै, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर बागवानलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ।
एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल पहिलो र सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा छन्। गौतम खनालपछि तेस्रो वरीयतामा रहेका छन्।