• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ५. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै


  •   सोमबार, साउन २०, २०८२ मा प्रकाशित
  • भालुवाङ। दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो।
    कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना विद्यार्थीहरूको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण गरिनेछ।
    गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो। मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकोले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो।”
    अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार ३ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा फोहोर वातावरण र अस्वस्थ खानपानका कारण घाँटीमा संक्रमण भई मुटुमा असर पुग्ने सम्भावना उच्च हुने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ।
    उहाँका अनुसार, “यस उमेर समूहका बालबालिकाहरू फोहोरमा खेल्ने, अस्वस्थ खाना खाने प्रवृत्ति हुने हुँदा घाँटीमा समस्या हुँदै मुटुमा असर पर्ने खतरा हुन्छ।” कोहीमा जन्मजात नै मुटुरोग देखापर्ने पनि उल्लेख गर्दै डा. बन्जाडेले गर्भावस्थामा आमाले अन्जानमा कडा औषधि सेवन गर्ने, धूम्रपान वा मध्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले समेत नवजात शिशुको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखिने गरेको बताउनुभयो ।
    उहाँले रोग लागेपछि उपचारभन्दा पनि समयमै परीक्षण र सचेतनाले रोगबाट बच्न सकिने हुँदा प्रत्येक व्यक्ति स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
    कार्यक्रमको शुभारम्भ साेमबार वडा नं. २ मा रहेको आदर्श माध्यमिक विद्यालय लालमटियाबाट गरिएको छ।
    आयोजकका अनुसार पालिकाभित्रका सबै विद्यालयमा पुगेर विद्यार्थीहरूको मुटु परीक्षण गरिनेछ।

    Advertisement

    सोमबार, साउन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा
    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
    गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ५.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • २.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ३.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ४.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ५.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ७.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ८.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation