• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

जहाँ उपलब्ध छ, पढ्दै ,सिक्दै, कमाउने र जागिरको सुनिश्चता


  •   शनिबार, साउन १८, २०८२ मा प्रकाशित
  • नेपालगंज । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीहरूसँग हातमा सर्टिफिकेट हुन्छ तर सीप र अनुभव हुँदैन् ।
    सर्टिफिकेट भए पनि सीप र अनुभव नहुँदा जागिर पाउने सम्भावना निक्कै कम हुन्छ । जागिर पाउनका लागि ठुलै लडाइ जित्नु पर्ने हुन्छ । आफ्नै व्यवसाय सुरु गर्छु भन्ने आट पनि कमै हुन्छ । त्यसै होला नेपालका आधिकांश कलेजहरूलाई बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था भन्ने आरोप लाग्ने गरेको छ ।
    यस्तै परिवेशमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ सिद्धार्थ एकेडेमी अफ टुरिजममा, हस्पिटालिटी, म्यानेजमेन्ट साथम कलेज सुरु गरेको छ ।
    लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी साथम कलेजले यसै शैक्षिक सत्र देखि नेपालगन्ज र चितवनमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी , टुरिजम म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गरेको छ । जुन सुकै विषयमा प्लस टु उर्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्नेछन् । यो कोर्ष पढ्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्तर्वार्ता भने पास गर्नुपर्छ ।
    साथम कलेजको एकेडेमिक र प्राक्टिकल कक्षाहरू सिद्धार्थ ग्रुप नेपालगन्जको स्थित चार तारे होटेल सिद्धार्थ र सिद्धार्थ होटेल नारायणघाट परिसर भित्रै सञ्चालन हुन्छन । कलेजले गत बर्ष देखि नै बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो । ग्रुपको भैरहवा स्थित सिद्धार्थ भिलासामा यो कोर्षमा पढाइ भइ रहेको छ । चालु शैक्षिक सत्रमा साथम कलेजले नेपालगन्ज र नारायणघाटमा पढाइ सुरु गर्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट अनुमति पाइ सकेको छ । साथम कलेज लुम्बिनी बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो ।
    बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिजम , फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ । यो कोर्ष पुरा गर्न १२४ ९ १ क्रेडिट बराबर १६ घन्टा क्रेडिट आवर पढ्नु पर्ने साथम कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए ।
    तीन वर्ष नेपालमा पढी सके पछि बाकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि इन्टरनेसल स्टुडेन्ट एक्स चेन्ज कार्यक्रम मार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर मिलाइ दिने उहाँले बताउनु भयो । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्वविद्यालयले तोकेका शैक्षिक मापदण्ड पुरा गर्नु पर्ने छ ।
    चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा पढ्नका लागि ७ लाख ५० हजार लाग्छ । यो कोर्षमा ८ वटा सेमेस्टर हुन्छ । पहिलो सेमेस्टरमै शत प्रतिशत पढाइ हुन्छ । दोस्रो सेमेस्टरबाट सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिवार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर कमाउने सुनिश्चता गरिएको छ ।
    पढाई पुरा गरे पछि सिद्धार्थ ग्रुप देशैभर रहेका होटेल , रिर्सोट , रेष्टुरेन्ट , क्याफे ९ सिद्धार्थ ग्रुप अन्तर्गत पाच तारे, चार तारे र तीन तारे होटेल , रिर्सोट , रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेट मा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो । सिद्धार्थका आउटलेटहरू करिब २ हजार कर्मचारी कार्यरत छन । जहाँ हरेक वर्ष करिब ३ सय कर्मचारी फेरबदल भइ रहन्छन ।
    कोर्ष पुरा गरेका बिद्यार्थीहरुले अन्य तारे होटल, रिसोर्टका अतिरिक्त ,ट्राभल एन्ड टुरिजम,क्याट्रिङ म्यानेजमेन्ट,इभेन्ट म्यानेजमेन्ट, गैह सरकारी संघ संस्था, बैदेशिक रोजगारका साथै आफ्नै व्यवसाय सञ्चालन गरेर स्वउद्यमी बन्ने अवसर पनि उपलब्ध हुने छ । यो क्षेत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । यो कोर्ष पुरा गरे पछि सुरुवाती जागिर मै मासिक कम्तिमा ४० हजार सम्म सहजै पारिश्रमिक पाउन सकिन्छ । आफै व्यवसाय गर्दा त्यो भन्दा धेरै पनि कमाउन सकिन्छ ।
    होटल म्यानेजमेन्ट पढेका धेरै विद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेका छन । चीन, बहराइन, हङकङ मलेसिया थाइल्यान्ड, अमेरिका, अष्ट्रेलियमा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुग्ने गरेका छन ।
    पढाइ सके पछि बर्क परमिट भिषा मै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले त्यही राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशका धेरै कमाउन पनि सक्छन् ।कोर्षपुरा गरे पछि बिद्यार्थीलाई प्रदान गरिने सर्टिफिकेटमा ज्ञान ,सीप र ब्यबहारमा प्राप्त गरेको नम्बर उल्लेख हुने कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताउनु भयो ।
    आर्थिक अबस्था कमजोर भएका तर बिएचटिम कोर्ष पढ्न चाहने विद्यार्थीका लागि कलेजले बैकहरुसंग सहकार्य गरेर शैक्षिक कर्जा मिलाइ दिने तयारी गरि रहेको छ । बैकबाट कर्जा लिएर पढ्ने बिद्यार्थीहरुले पढ्दा पढ्दै होटेलमा काम गरेर कमाउने पैसाबाट सहजै कर्जाको ब्याज र साबा तिर्न सक्ने सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनु भयो ।

    Advertisement

    शनिबार, साउन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation