रोल्पा। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्षमा राकेश प्रसाद महतो चयन भएका छन् भने प्रथम उपाध्यक्षमा राजु तामाङ रहेका छन्।
उपाध्यक्षहरूमा नारायण अधिकारी, विनोद पाण्डे र अनिल कुमार चौधरी, महिला उपाध्यक्षमा लिला मगर, युवाउपाध्यक्षमा सन्तोष पौडेल रहेका छन्। महासचिव विष्णु प्रसाद बराल, सचिवहरू उमेश कोइरी महतो र रमेश पौडेल छन्। कोषाध्यक्ष खेमराज खत्री र सह-कोषाध्यक्ष सुरेश कुमार देवकोटा रहेका छन्। युवा संयोजक राजन हायु राई र महिला संयोजक शोभा कुमारी खड्का चयन भएका छन्। निर्वाचित सदस्यहरूमा हरि बहादुर बस्नेत, कैलाश बिष्ट, रुपेश बी.के., बाबुराम थापा मगर, तिपेन्द्र बुढामगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्र बहादुर थापा र दिपक प्रसाद यादव रहेका छन्। रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगर पनि केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष राकेश प्रसाद महतोले गरेका थिए। प्रमुख अतिथिका रूपमा एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराई र संस्थापक अध्यक्ष शंकर बहादुर पौडेल उपस्थित थिए।अधिवेशनमा नेपालबाट आएका गायक तथा संगीतकार राजनराज शिवाकोटीले सांगीतिक प्रस्तुति दिएका थिए भने मलेसियामा बसोबास गर्ने नेपाली कलाकारहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।एनआरएनए मलेसियाले नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन
राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

Advertisement
तपाईको प्रतिक्रिया