• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य


  •   शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठान — झण्डै एक दशकदेखि अलमलमा परेको बाग्दुला–मच्छी सडक निर्माण अब स्पष्ट कार्ययोजनासहित अघि बढ्ने भएको छ। दाङको भालुवाङदेखि प्यूठानको बाग्दुला हुँदै बाग्लुङको भीमगिठेसम्म जोड्ने योजना अनुसार विस्तार गर्न लागिएको यो सडक खण्डमा कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल रहेको थियो।
    शुक्रबार झिमरुक गाउँपालिकामा बसेको सरोकारवालाहरूको बैठकले बजेटको कार्यान्वयन र अन्त्यसम्मको प्रक्रियालाई सुनिश्चित गर्न विभिन्न तहबीचको जिम्मेवारी बाँडफाँटसहित निचोड निकालेको हो।
    झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका अनुसार बाग्दुला पुल देखि–हाडीगैरा खण्डअन्तर्गत ९५० मिटर सडक डिभिजन कार्यालय जसपुरले निर्माण गर्नेछ। प्रदेश संघीय समपूरक बजेटअन्तर्गत विनियोजित ३० करोड रुपैयाँबाट हाडीगैरा–बतासेडाँडा र जीमुरखोला–मच्छी सडकखण्डमा सडक पूर्वाधार विकास कार्यालय प्यूठानले काम गर्नेछ।
    बतासेडाँडा–जीमुरखोला सडकखण्डमा भने झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित ७ करोड रुपैयाँ बजेटबाट काम अघि बढाउने योजना बनाएको छ। यस सडकखण्डमा झिमरुक पालिकाले यसअघि ५ करोड रुपैयाँ बराबरको काम गरेको छ।
    यसैगरी, मच्छी ढाड–आरुपाटा सडकखण्डमा संघीय बहुवर्षीय योजनाअन्तर्गत ४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसमा सडक डिभिजन कार्यालय जसपुरले निर्माण कार्य सम्हाल्नेछ।
    गौमुखी गाउँपालिकाको सिमाना हरियाखोलादेखि लिवासेसम्मको खण्डमा गौमुखी गाउँपालिका र संघीय समपूरक अन्तर्गत ९ करोड रुपैयाँ बजेट सुनिश्चित भएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए।
    बैठकले निर्माण कार्यलाई सहज बनाउन आवश्यक पर्ने विद्युतीय पोल व्यवस्थापनसम्बन्धी निर्णयसमेत गरेको छ।
    सडक अलपत्र परेपछि तीनै तहका सरकारले क्रमशः बजेट विनियोजन गर्न थाले पनि समन्वय अभावले कार्यान्वयन अन्योलमा परेको थियो। अब भने अन्योलतालाई हटाउँदै स्पष्ट योजना र कार्यविभाजनसहित सडक निर्माण अघि बढ्ने विश्वास लिईएको झिमरुक गाउँपालिकका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रतिक्रिया दिए।
    सडक स्तरोन्नतीका लागि झिमरुक गाउँपालिकाले ५ करोड, प्यूठान नगरपालिकामा सडक डिभिजन कार्यालयमार्फत १ करोड, र संघीय सडक डिभिजनले छुट्टै ४ करोडको ठेक्का सम्झौता गरेको छ। साथै आर्थिक वर्षको अन्त्यतिर प्रदेश सरकारले ५ करोडको बहुवर्षीय ठेक्का खुलाएको छ।
    बैठकमा प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, झिमरुक–गौमुखी गाउँपालिकाका जनप्रतिनिधिहरु, सडक डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरणलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

    Advertisement

    शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation