• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

  • ३. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ४. राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन

  • ५. राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

  • ६. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ७. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ८. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ९. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • १०. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य


  •   शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठान — झण्डै एक दशकदेखि अलमलमा परेको बाग्दुला–मच्छी सडक निर्माण अब स्पष्ट कार्ययोजनासहित अघि बढ्ने भएको छ। दाङको भालुवाङदेखि प्यूठानको बाग्दुला हुँदै बाग्लुङको भीमगिठेसम्म जोड्ने योजना अनुसार विस्तार गर्न लागिएको यो सडक खण्डमा कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल रहेको थियो।
    शुक्रबार झिमरुक गाउँपालिकामा बसेको सरोकारवालाहरूको बैठकले बजेटको कार्यान्वयन र अन्त्यसम्मको प्रक्रियालाई सुनिश्चित गर्न विभिन्न तहबीचको जिम्मेवारी बाँडफाँटसहित निचोड निकालेको हो।
    झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका अनुसार बाग्दुला पुल देखि–हाडीगैरा खण्डअन्तर्गत ९५० मिटर सडक डिभिजन कार्यालय जसपुरले निर्माण गर्नेछ। प्रदेश संघीय समपूरक बजेटअन्तर्गत विनियोजित ३० करोड रुपैयाँबाट हाडीगैरा–बतासेडाँडा र जीमुरखोला–मच्छी सडकखण्डमा सडक पूर्वाधार विकास कार्यालय प्यूठानले काम गर्नेछ।
    बतासेडाँडा–जीमुरखोला सडकखण्डमा भने झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित ७ करोड रुपैयाँ बजेटबाट काम अघि बढाउने योजना बनाएको छ। यस सडकखण्डमा झिमरुक पालिकाले यसअघि ५ करोड रुपैयाँ बराबरको काम गरेको छ।
    यसैगरी, मच्छी ढाड–आरुपाटा सडकखण्डमा संघीय बहुवर्षीय योजनाअन्तर्गत ४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसमा सडक डिभिजन कार्यालय जसपुरले निर्माण कार्य सम्हाल्नेछ।
    गौमुखी गाउँपालिकाको सिमाना हरियाखोलादेखि लिवासेसम्मको खण्डमा गौमुखी गाउँपालिका र संघीय समपूरक अन्तर्गत ९ करोड रुपैयाँ बजेट सुनिश्चित भएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए।
    बैठकले निर्माण कार्यलाई सहज बनाउन आवश्यक पर्ने विद्युतीय पोल व्यवस्थापनसम्बन्धी निर्णयसमेत गरेको छ।
    सडक अलपत्र परेपछि तीनै तहका सरकारले क्रमशः बजेट विनियोजन गर्न थाले पनि समन्वय अभावले कार्यान्वयन अन्योलमा परेको थियो। अब भने अन्योलतालाई हटाउँदै स्पष्ट योजना र कार्यविभाजनसहित सडक निर्माण अघि बढ्ने विश्वास लिईएको झिमरुक गाउँपालिकका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रतिक्रिया दिए।
    सडक स्तरोन्नतीका लागि झिमरुक गाउँपालिकाले ५ करोड, प्यूठान नगरपालिकामा सडक डिभिजन कार्यालयमार्फत १ करोड, र संघीय सडक डिभिजनले छुट्टै ४ करोडको ठेक्का सम्झौता गरेको छ। साथै आर्थिक वर्षको अन्त्यतिर प्रदेश सरकारले ५ करोडको बहुवर्षीय ठेक्का खुलाएको छ।
    बैठकमा प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, झिमरुक–गौमुखी गाउँपालिकाका जनप्रतिनिधिहरु, सडक डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरणलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

    Advertisement

    शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    • ३.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ४.
      राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन

    • ५.
      राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

    • ६.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation