प्युठान। लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तिले राजनीतिक दलकै कारण महिलाको संवैधानिक अधिकार खोसिएको आरोप लगाएका छन्।
प्युठानमा एकल महिलाका लागि सुरु गरिएको दुई दिने क्षमता विकास कार्यक्रममा बोल्दै उनले स्थानीय तहमा महिला प्रमुख वा उपप्रमुख अनिवार्य हुने संवैधानिक व्यवस्था गठबन्धनको नाममा दलहरूले उल्लंघन गर्दै आएको बताए।
उनले राज्य पुनःसंरचनापछि स्थानीय तहले लक्षित वर्गप्रति पर्याप्त ध्यान नदिएको उल्लेख गरे।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरिले महिला अधिकारका मुद्दामा संसदमा निरन्तर आवाज उठाएको बताउँदै लक्षित वर्गका लागि आफ्नै विकास कोषबाट बजेट व्यवस्था गरिएको जानकारी दिइन्।
जिल्लाका सबै स्थानीय तहका ६४ वडाबाट सहभागी एकल महिलाहरूको उपस्थिति रहेको तालिममा जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मी, प्युठान नगरपालिका प्रमुख विष्णुबहादुर योगी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, र नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले शुभकामना मन्तव्य दिएका थिए।
सामाजिक विकास डिभिजन कार्यालय प्युठानले तालिम आयोजना गरेको हो।
‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति
‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति
Advertisement
तपाईको प्रतिक्रिया