• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • कपिलवस्तु — शाक्य गणराज्यको राजधानी रहको ऐतिहासिक तिलौराकोट युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल भएको छ। तिलौराकोट दरबार क्षेत्र गौतम बुद्धले २९ वर्ष बिताएको स्थान हो ।
    फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७औं विश्व सम्पदा समिति बैठकमा तिलौराकोट दरबार क्षेत्रलाई सूचीमा राख्ने प्रस्तावमाथि दुई दिनसम्म छलफल भए पनि अन्ततः पारित हुन सकेन। युनेस्कोको प्राविधिक सल्लाहकार संस्था इकोमस (इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स) ले दिएको नकारात्मक सिफारिसका आधारमा प्रस्ताव अघि बढ्न नसकेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।
    ‘तीन वर्षदेखि तयारीमा थियौं, यथेष्ट प्रमाण प्रस्तुत गर्‍यौं, लाखौं खर्च गर्‍यौं,’ उनले भने, ‘तर अन्ततः सूचीकृत गराउन नसक्नु दुःखद् छ।’
    सूचीकरणको विषय युनेस्को सेसनको कार्यसूचीमै रहेको भए पनि इकोमसले प्रस्ताव स्थगनमा राख्ने सिफारिस गरेकाले त्यसलाई अघि बढाउने पहल हुन सकेन। कुनै पनि देशले नेपालको पक्षमा संशोधन प्रस्ताव नल्याएपछि तिलौराकोटको प्रस्ताव अस्वीकार भएको हो।
    नेपालको कूटनीतिक पहल कमजोर देखिएको तथा भारतको अप्रत्यक्ष प्रभाव परेको आशंका स्रोतहरूले गरेका छन्। युनेस्कोमा भारत प्रभावशाली राष्ट्रको रूपमा चिनिन्छ। भारतले उत्तर प्रदेशको सिद्धार्थनगरस्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी रहेको दाबी गर्दै आएको छ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, वरिष्ठ निर्देशक राईसहितको टोली छलफलमा भाग लिन पेरिस पुगेको थियो।

    Advertisement

    सम्पदामा कमजोरी होइन, कूटनीतिमा

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार तिलौराकोट सूचीकृत हुन नसर्नु सम्पदाको कमजोरी होइन, कूटनीतिक लापरबाहीका कारण हो।
    तिलौराकोट दरबार क्षेत्रमा पछिल्ला ११ वर्षदेखि उत्खनन र अनुसन्धान भइरहेको छ। उत्खननबाट इसा पूर्व आठौं शताब्दीसम्मका संरचनाहरू भेटिएको कोषका पुरातत्वविद् हिमाल उप्रेती बताउँछन्। ‘दक्षिण एशियाकै सग्लो र खुला संग्रहालय हो तिलौराकोट,’ उनले भने, ‘बुद्धपूर्व सभ्यता समेत पुष्टि हुने प्रमाण भेटिएका छन्।’
    युनेस्कोले तिलौराकोटलाई सन् १९९६ मै सम्भावित विश्व सम्पदाको सूचीमा राखेको थियो। नेपाल सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममा तिलौराकोटलाई सूचीकृत गर्ने प्रतिबद्धता जनाएको थियो।

    लुम्बिनी भने खतराको सूचीबाट मुक्त

    सोही सेसनले बुद्ध जन्मस्थल लुम्बिनीलाई भने एक वर्षका लागि खतराको सूचीबाट हटाएको छ।
    पेरिसमा ६ जुलाईदेखि सुरु भएको युनेस्कोको ४७औं बैठक १६ जुलाईसम्म चल्नेछ। यस सेसनमा विश्वभरबाट ३२ सम्पदा क्षेत्रको प्रस्तावमाथि छलफल भइरहेको छ। तीमध्ये २४ सांस्कृतिक, ७ प्राकृतिक र १ मिश्रित सम्पदा क्षेत्र छन्।
    तिलौराकोट दरबार क्षेत्र करिब १४० बिघा क्षेत्रमा फैलिएको छ। यस क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न आवश्यक कानुनी प्रक्रिया स्थानीय तह, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा अघि बढाइएको थियो।

    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...