• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

लोकप्रिय समाचार

  • १. जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

  • २. ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

  • ३. ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

  • ४. देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

  • ५. राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

  • ६. संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

  • ७. डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु


  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • गुल्मी । नेपाल सरकारले २०७७ साल मंसिर १५ गते देशभरका स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गरे पनि कतिपय स्थानमा काम अझै सुरु हुन बाँकी छ, कतै सुस्त गतिमा अगाडि बढिरहेको छ । तर गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भने अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ — जुन जिल्लामै पहिलो हो ।
    गाउँपालिकाको वडा नम्बर–३ गौंडाकोटमा सञ्चालनमा आएको १५ शैयाको आधारभूत अस्पतालले गत वैशाखदेखि सेवा दिइरहेको छ । हाल अस्पतालमा दैनिक ३० जना बिरामीले सेवा लिने गरेका छन् ।
    स्थानीय सरकारको पहलमा सञ्चालनमा आएको अस्पतालले गाउँमै गुणस्तरीय सेवा दिन थालेपछि स्थानीय खुसी भएका छन् । “पहिले सामान्य उपचारका लागि पनि तम्घास, पाल्पा वा बुटवल जानुपर्ने बाध्यता थियो, अहिले चाहिँ गाउँमै उपचार मिल्दा राहत मिलेको छ,” स्थानीय दिपा थापाले भनिन् ।
    एमबिबिएस डाक्टरसहित नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक र अन्य आवश्यक जनशक्ति परिचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए ।
    हाल अस्पतालमा आकस्मिक सेवा, ओपीडी, प्रसूति सेवा, सामान्य शल्यक्रिया, स्वास्थ्य परीक्षण, खोप तथा औषधि वितरण सेवा सञ्चालनमा छन् ।
    “गाउँमै विशेषज्ञ डाक्टरको सेवा पाउँदा अब सहज भएको छ,” स्थानीय कृष्णबहादुर मगरले भने, “गर्भवतीदेखि वृद्धवृद्धा र बालबालिकाका लागि निकै उपयोगी भएको छ ।”
    गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार अस्पताल सञ्चालन चुनौतीपूर्ण भए पनि पालिकाले आफ्नै स्रोत र साधनबाट जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनको जिम्मा लिएको हो ।
    हाल आवश्यक उपकरण, औषधि र सेवा विस्तारका कामहरू अगाडि बढाइएको छ । अध्यक्ष थापाले भने, “निकट भविष्यमा विशेषज्ञ सेवा, एक्स–रे, अल्ट्रासाउण्ड लगायत प्रविधिमैत्री सेवा थप गर्ने तयारीमा छौं ।”
    स्वास्थ्य शाखा संयोजक अर्यालका अनुसार अस्पतालबाट मातृशिशु सेवा, पोषण कार्यक्रम, मानसिक स्वास्थ्य तथा दीर्घरोगको उपचारमा प्राथमिकता दिइनेछ । सबै वडाबाट सहज एम्बुलेन्स सेवा सुनिश्चित गरिने र नसर्ने रोगका बिरामीका लागि घरदैलोमै सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ ।
    गुल्मीदरबार गाउँपालिका जिल्लाकै पहिलो पालिका हो जसले १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि छिमेकी पालिकाका बासिन्दा पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।

    Advertisement

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    सरुमारानीबाट दशैं लक्षित ४० लाखका खसी-बोका बिक्री

    लोकप्रिय

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न :

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ५.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न

    • ६.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो:

    भर्खरै

    • १.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • २.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ५.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ६.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ७.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ८.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...