• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु


  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • गुल्मी । नेपाल सरकारले २०७७ साल मंसिर १५ गते देशभरका स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गरे पनि कतिपय स्थानमा काम अझै सुरु हुन बाँकी छ, कतै सुस्त गतिमा अगाडि बढिरहेको छ । तर गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भने अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ — जुन जिल्लामै पहिलो हो ।
    गाउँपालिकाको वडा नम्बर–३ गौंडाकोटमा सञ्चालनमा आएको १५ शैयाको आधारभूत अस्पतालले गत वैशाखदेखि सेवा दिइरहेको छ । हाल अस्पतालमा दैनिक ३० जना बिरामीले सेवा लिने गरेका छन् ।
    स्थानीय सरकारको पहलमा सञ्चालनमा आएको अस्पतालले गाउँमै गुणस्तरीय सेवा दिन थालेपछि स्थानीय खुसी भएका छन् । “पहिले सामान्य उपचारका लागि पनि तम्घास, पाल्पा वा बुटवल जानुपर्ने बाध्यता थियो, अहिले चाहिँ गाउँमै उपचार मिल्दा राहत मिलेको छ,” स्थानीय दिपा थापाले भनिन् ।
    एमबिबिएस डाक्टरसहित नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक र अन्य आवश्यक जनशक्ति परिचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए ।
    हाल अस्पतालमा आकस्मिक सेवा, ओपीडी, प्रसूति सेवा, सामान्य शल्यक्रिया, स्वास्थ्य परीक्षण, खोप तथा औषधि वितरण सेवा सञ्चालनमा छन् ।
    “गाउँमै विशेषज्ञ डाक्टरको सेवा पाउँदा अब सहज भएको छ,” स्थानीय कृष्णबहादुर मगरले भने, “गर्भवतीदेखि वृद्धवृद्धा र बालबालिकाका लागि निकै उपयोगी भएको छ ।”
    गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार अस्पताल सञ्चालन चुनौतीपूर्ण भए पनि पालिकाले आफ्नै स्रोत र साधनबाट जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनको जिम्मा लिएको हो ।
    हाल आवश्यक उपकरण, औषधि र सेवा विस्तारका कामहरू अगाडि बढाइएको छ । अध्यक्ष थापाले भने, “निकट भविष्यमा विशेषज्ञ सेवा, एक्स–रे, अल्ट्रासाउण्ड लगायत प्रविधिमैत्री सेवा थप गर्ने तयारीमा छौं ।”
    स्वास्थ्य शाखा संयोजक अर्यालका अनुसार अस्पतालबाट मातृशिशु सेवा, पोषण कार्यक्रम, मानसिक स्वास्थ्य तथा दीर्घरोगको उपचारमा प्राथमिकता दिइनेछ । सबै वडाबाट सहज एम्बुलेन्स सेवा सुनिश्चित गरिने र नसर्ने रोगका बिरामीका लागि घरदैलोमै सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ ।
    गुल्मीदरबार गाउँपालिका जिल्लाकै पहिलो पालिका हो जसले १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि छिमेकी पालिकाका बासिन्दा पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।

    Advertisement

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...