प्युठान — प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई खलंगा प्युठानको आयोजनामा तथा गौमुखी माविको वाली विज्ञान धारको समन्वयमा काँक्राको बीउ निकाल्ने र अचार बनाउने एक दिने तालिम सम्पन्न भएको छ।
तालिममा कक्षा ९ देखि १२ मा प्राविधिक धारअन्तर्गत कृषि विषय अध्ययनरत २८ जना विद्यार्थी सहभागी थिए। भक्तपुरे लोकल जातको काँक्राबाट बीउ उत्पादन गरी बिक्री गर्ने र बाँकी भाग अचारको रूपमा प्रयोग गर्ने सीप सिकाइएको परियोजना प्रमुख चुमान गिरीले जानकारी दिए।
तालिम अचार विज्ञ लक्ष्मी श्रेष्ठले सहजीकरण गरेकी थिइन्। यसले विद्यार्थीमा उद्यमशीलता र स्थानीय स्रोतको सदुपयोग गर्ने सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
Advertisement