गुल्मी। अनेरास्ववियुको २४ औं महाधिवेशनमा गुल्मीका युवा नेता नवीन अर्यालले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका छन्। विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका अर्यालको उम्मेदवारीसँगै संगठनभित्र प्रतिस्पर्धा चर्किएको छ।
काठमाडौंमा जारी महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका अर्याल चुनावी प्रचारप्रसारमा जुटेका छन्। विसं २०७० सालदेखि अनेरास्ववियुमा आवद्ध अर्यालले रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सचिव, सभापति पदका उम्मेदवार र क्याम्पस कमिटी अध्यक्ष हुँदै विभिन्न तहमा नेतृत्व सम्हालिसकेका छन्।
जिल्ला कमिटीको सचिवालय हुँदै सचिवको जिम्मेवारी निर्वाह गरेका उनले दुई कार्यकाल केन्द्रीय सदस्यका रूपमा पनि भूमिका खेलेका छन्। संगठनमा लामो समयदेखि सक्रिय अर्याल संगठनात्मक अनुभव, वैचारिक स्पष्टता र सहज व्यवहारका कारण लुम्बिनी प्रदेश मात्र होइन, केन्द्रमै पनि चिनिएका नेता हुन्।
छिमेकी, सहकर्मी र संगठनका युवा कार्यकर्ताबीच उनी नेतृत्व क्षमताका लागि रुचाइएका छन्। विद्यार्थी आन्दोलनप्रति उनको लगाव र योगदानको व्यापक प्रशंसा हुने गरेको छ।
उनको उम्मेदवारीले महाधिवेशनमा सचिव पदको प्रतिस्पर्धालाई तिव्र बनाएको छ भने नयाँ पुस्ताका नेताहरूको उदयका रूपमा समेत हेरिएको छ। संगठनभित्र तिनको उम्मेदवारीले सशक्त सन्देश प्रवाह गरेको विश्लेषण गरिएको छ।
गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी
गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

Advertisement
तपाईको प्रतिक्रिया