• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थुर्गा र छत्रकोट गाउँपालिका वडानम्बर–३ दिगाममा रहेका गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन गरेको छ । किसानलाई खुदो र गुणको बनाउन चटारो सुरु भएको छ ।
       छत्रकोट र रुरुमा गुण र खुदोको लागि प्रख्यात ठाउँहरुमा अहिले कृषकलाई खुदो र गुण बनाउन भ्यान नभ्याइ छ । यसै क्रममा गरिएको अनुगमनको क्रममा विभिन्न अनियमितता भेटिएका छन् ।
      अनुगमन कर्ताले सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरेको छ । रुरुक्षेत्रमा रहेका १० वटा र छत्रकोटमा २ वटा गुडखुदो उद्योगहरूको स्थलगत निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले बताए ।
       निरीक्षणको क्रममा अधिकांश उद्योगहरूमा उद्योग दर्ता अनुसारको कारोबार नभएको, मूल्य सूची सार्वजनिक नभएको, स्पष्ट र देखिने साइनबोर्ड नराखिएको अर्यालले बताए । उद्योगहरुमा खरिदबिक्रीको बिल प्रयोग नभएको, खाद्य अनुज्ञा पत्रबिना उद्योग सञ्चालन गरिएको, सरसफाइमा न्यूनतम मापदण्ड नअपनाइएको पाइएको थियो ।
        अनुगमन टोलीले सुधारका लागि व्यवसायीहरूलाई उद्योग दर्ता अनुसारको काममा मात्र संलग्न हुन, मूल्य सूची प्रष्ट रूपमा राख्न, साइनबोर्ड सबैले देख्ने गरी राख्न सुझाव प्रदान गरेको छ । खरिदबिक्री बिलको अनिवार्य प्रयोग गर्न, खाद्य अनुज्ञा लिएर मात्रै खाद्यसम्बन्धी उत्पादन÷बिक्री गर्न,सरसफाइमा उच्च मापदण्ड अपनाउन सुझाव दिइएको अर्यालले बताए ।
       अनुगमन टोलीसँग छलफलका क्रममा स्थानिय उद्यमीहरूले आफूहरूलाई प्राविधिक तथा वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले खुदो पेल्ने मेसिन, गुड पकाउने कराई र भाँडाकुँडा, उखु र गुडसम्बन्धी तालीम, उद्योग सञ्चालनका लागि ट्रस, इलेक्ट्रिक काटा (मेसिन), सहुलियतपूर्ण कर्जा, अन्य प्रविधि तथा सामग्रीमाग गरेका छन् ।
        घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले अनुगमनबाट उठेका समस्याहरू समाधान गर्न चरणबद्ध रूपमा काम गर्ने कार्यालय प्रमुख अर्यालले बताए । विशेष गरी, उद्यमीहरूलाई आवश्यक तालिम, उपकरण तथा सहुलियतपूर्ण कर्जा जस्ता विषयमा प्राथमिकता दिइने प्रतिबद्धता समेत गरिएको थियो ।
       उखुका लागी गुल्मी जिल्लाका रुरुक्षेत्र र छत्रकोट जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसंगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
         गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्यावसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । उखु किसानको उत्पादन बढाउने उदेश्यले स्थानीय सरकारले बिभिन्न कार्यक्रमहरु बनाउने लक्ष्य लिएका छन् ।
        गुल्मी जिल्लाको २ वटा स्थानीय तहमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको छ । गतवर्ष जस्तै यसवर्ष पनि मुल्य स्थिर रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
       यसवर्ष जिल्लाबाट झण्डै २ करोड बढीको उखुका परिकार खुदो र गुड बिक्री हुने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । रुरु र छत्रकोटका खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ ।
        यस क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मीसँगै, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।

    Advertisement

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...