• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थुर्गा र छत्रकोट गाउँपालिका वडानम्बर–३ दिगाममा रहेका गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन गरेको छ । किसानलाई खुदो र गुणको बनाउन चटारो सुरु भएको छ ।
       छत्रकोट र रुरुमा गुण र खुदोको लागि प्रख्यात ठाउँहरुमा अहिले कृषकलाई खुदो र गुण बनाउन भ्यान नभ्याइ छ । यसै क्रममा गरिएको अनुगमनको क्रममा विभिन्न अनियमितता भेटिएका छन् ।
      अनुगमन कर्ताले सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरेको छ । रुरुक्षेत्रमा रहेका १० वटा र छत्रकोटमा २ वटा गुडखुदो उद्योगहरूको स्थलगत निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले बताए ।
       निरीक्षणको क्रममा अधिकांश उद्योगहरूमा उद्योग दर्ता अनुसारको कारोबार नभएको, मूल्य सूची सार्वजनिक नभएको, स्पष्ट र देखिने साइनबोर्ड नराखिएको अर्यालले बताए । उद्योगहरुमा खरिदबिक्रीको बिल प्रयोग नभएको, खाद्य अनुज्ञा पत्रबिना उद्योग सञ्चालन गरिएको, सरसफाइमा न्यूनतम मापदण्ड नअपनाइएको पाइएको थियो ।
        अनुगमन टोलीले सुधारका लागि व्यवसायीहरूलाई उद्योग दर्ता अनुसारको काममा मात्र संलग्न हुन, मूल्य सूची प्रष्ट रूपमा राख्न, साइनबोर्ड सबैले देख्ने गरी राख्न सुझाव प्रदान गरेको छ । खरिदबिक्री बिलको अनिवार्य प्रयोग गर्न, खाद्य अनुज्ञा लिएर मात्रै खाद्यसम्बन्धी उत्पादन÷बिक्री गर्न,सरसफाइमा उच्च मापदण्ड अपनाउन सुझाव दिइएको अर्यालले बताए ।
       अनुगमन टोलीसँग छलफलका क्रममा स्थानिय उद्यमीहरूले आफूहरूलाई प्राविधिक तथा वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले खुदो पेल्ने मेसिन, गुड पकाउने कराई र भाँडाकुँडा, उखु र गुडसम्बन्धी तालीम, उद्योग सञ्चालनका लागि ट्रस, इलेक्ट्रिक काटा (मेसिन), सहुलियतपूर्ण कर्जा, अन्य प्रविधि तथा सामग्रीमाग गरेका छन् ।
        घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले अनुगमनबाट उठेका समस्याहरू समाधान गर्न चरणबद्ध रूपमा काम गर्ने कार्यालय प्रमुख अर्यालले बताए । विशेष गरी, उद्यमीहरूलाई आवश्यक तालिम, उपकरण तथा सहुलियतपूर्ण कर्जा जस्ता विषयमा प्राथमिकता दिइने प्रतिबद्धता समेत गरिएको थियो ।
       उखुका लागी गुल्मी जिल्लाका रुरुक्षेत्र र छत्रकोट जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसंगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
         गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्यावसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । उखु किसानको उत्पादन बढाउने उदेश्यले स्थानीय सरकारले बिभिन्न कार्यक्रमहरु बनाउने लक्ष्य लिएका छन् ।
        गुल्मी जिल्लाको २ वटा स्थानीय तहमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको छ । गतवर्ष जस्तै यसवर्ष पनि मुल्य स्थिर रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
       यसवर्ष जिल्लाबाट झण्डै २ करोड बढीको उखुका परिकार खुदो र गुड बिक्री हुने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । रुरु र छत्रकोटका खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ ।
        यस क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मीसँगै, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।

    Advertisement

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...