पाल्पा। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल, पाल्पा शाखाले जिल्लाका पाँच सञ्चार श्रमिकलाई सम्मान गरेको छ।
तानसेनमा आयोजित कार्यक्रममा लामो समयदेखि सञ्चार क्षेत्रमा श्रम पु¥याउँदै आएका सूर्य बहादुर थापा (कम्प्युटर डिजाइनर), राजेश शाही (पत्रिका वितरक), मान बहादुर भुजेल (टेलिभिजन पत्रकार), सिर्जना बोहोरा (कम्प्युटर अपरेटर) र निरञ्जन पौडेल (रेडियो प्राविधिक) लाई सम्मान गरिएको हो।
कार्यक्रममा सम्मानित पत्रकार भुजेलले श्रमिक दिवसको सन्दर्भमा सञ्चार श्रमिकहरूको योगदानलाई कदर गरिएकोप्रति कृतज्ञता व्यक्त गरे।
सो अवसरमा नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ति, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेना, एमाले प्रचार विभाग सचिव रेखीराम राना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, तथा प्रेस चौतारीका पूर्व अनुशासन आयोग उपाध्यक्ष भगवान भण्डारीलगायतले श्रम, पत्रकारिता र सम्मानको सम्बन्धबारे धारणा राखे।
कार्यक्रम प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत मन्तव्य र सचिव दयाराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।
पाल्पामा पाँच सञ्चार श्रमिक सम्मानित
पाल्पामा पाँच सञ्चार श्रमिक सम्मानित

Advertisement
तपाईको प्रतिक्रिया